उपलब्धि रक्षाका लाग सङ्घर्ष जरुरी– मन्त्री विश्वकर्मा « Khabarhub

उपलब्धि रक्षाका लाग सङ्घर्ष जरुरी– मन्त्री विश्वकर्मा


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले दलित समुदायका सन्दर्भमा प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गएकाले रक्षाका लागि सचेत रहनुपर्ने बताएका छन् ।

समता फाउण्डेशनको १०औँ वार्षिकोत्सवका अवसरमा शनिवार आयोजित कार्यक्रममा उनले पछिल्लो समयमा संविधानले दिएको समावेशिता र समानुपातिक सिद्धान्तविपरीत अनावश्यक बहस शुरु भएको भन्दै प्राप्त अधिकार रक्षाका लागि एकीकृतरूपमा सङ्घर्ष गर्नुपर्नेमा जोड दिए ।

“दलित समुदायको अधिकार प्राप्तिका बारेमा निराशाजनक अवस्था छैन, विभिन्न सङ्घर्ष र आन्दोलनबाट केही अधिकार प्राप्त भएको छ, तर ती अधिकार गुम्ने खतरा बढ्दै गएको छ, त्यसको रक्षाका लागि जागरुक हुनुपर्ने आवश्यकता छ”, मन्त्री विश्वकर्माले भने । उनले मुलुकको समृद्धि र सुशासनका लागि दलित सुमदायको आर्थिक, सामाजिक र सांस्कृतिक विकास अपरिहार्य भएको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता घनश्याम भुषालले परिवर्तनका लागि मुख्य विषय राजनीति भएकाले दलित समुदायले भोग्दै आएका समस्या समाधान गर्न राजनीतिक प्रतिबद्धतासँगै कार्यान्वयनमा जोड दिए ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  ८ : १८ बजे

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड

ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

काठमाडौं – नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी