पूर्व राज्यमन्त्री रामजीप्रसाद शर्माको निधन « Khabarhub

पूर्व राज्यमन्त्री रामजीप्रसाद शर्माको निधन


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराज्यमन्त्री तथा संविधान सभा सदस्य रामजीप्रसाद शर्माको निधन भएको छ ।

६८ वर्षको उमेरमा शर्माको भारतमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

उनका दाजु कृष्णराज शर्माका अनुसार मिर्गौलामा समस्या भएपछि पूर्वमन्त्री शर्मा उपचारका लागि भारत गएका थिए ।

शर्मा बागलुङका पुराना वामपन्थी नेताका रुपमा परिचित उनले लामो समय एमालेको राजनीति गरेका थिए ।

उनी संविधानसभामा बागलुङ क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेका थिए । शर्मा २०५६ को निर्वाचनमा पनि त्यही क्षेत्रबाट उम्मेदवार थिए । उनी एमाले केन्द्रीय सदस्य तथा धौलागिरी अञ्चल सह-इन्चार्जसमेत भएका थिए ।

उनले १० वर्षसम्म एमाले जिल्ला कमिटी पार्टी सचिवको जिम्मेवारी पूरा गरेका थिए। उनी २०४९ सालमा गाविस अध्यक्ष निर्वाचित भएका थिए।

२०३६ सालदेखि राजनीतिमा सक्रिय उनी धेरै सयम भूमिगत रूपमा राजनीतिमा थिए । शर्माले २०३९ र २०४२ सालमा जेलजीवन बिताए ।

एमाले बागलुङका संस्थापक नेता तथा पूर्वऊर्जा राज्यमन्त्री शर्माले २०७८ मा नेकपा एमाले परित्याग गरेका थिए । शर्मा एमाले विधि र विधानमा नरहेको भन्दै पार्टी त्यागको घोषणा गरेर नेकपा (एकीकृत समाजवादी)मा संगठित भएका थिए।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ८ : ०३ बजे

जेनजी आन्दोलन: ५४ जिल्ला र २६२ स्थानीय तह प्रभावित, ८४ अर्ब ४५ करोड बढीको क्षति

काठमाडौं- जेनजी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनर्निर्माण

कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने

काठमाडौं – काठमाडौं र सिन्धुपाल्चोक जिल्लाको सीमामा रहेको कुण्डेश्वर महादेव

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न पर्याप्त स्रोतको आवश्यकता : युनिसेफ

संयुक्त राष्ट्रसङ्घ – संयुक्त राष्ट्र बाल कोष (युनिसेफ)ले सन् २०२६

साफ क्लब महिला च्याम्पियनसिप: एपीएफ र ट्रान्सपोर्टले बाँडे अंक

काठमाडौं– साफ क्लब महिला च्याम्पियनसिपमा घरेलु टोली सशस्त्र प्रहरी बलको

ललितपुरमा भ्यानको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं- ललितपुरको यूएन पार्कमा भ्यानको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको