जापानमा बढ्यो माइकोप्लाज्मा निमोनिया सङ्क्रमण « Khabarhub

जापानमा बढ्यो माइकोप्लाज्मा निमोनिया सङ्क्रमण


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – जापानमा माइकोप्लाज्मा निमोनियाका घटनाहरूमा उल्लेख्य वृद्धि भइरहेको छ । विगत दशकको तुल्नामा यस वर्ष बिरामीको सङ्ख्या उच्च स्तरमा पुगेको छ ।

राष्ट्रिय सङ्क्रामक रोग संस्थानका अनुसार माइकोप्लाज्मा निमोनिया बिरामीहरूको साप्ताहिक औसत सङ्ख्या जनवरी १२ सम्म १.११ पुगेको छ, जुन अघिल्लो हप्ताको तुलनामा ०.३४ ले बढेको हो ।

माइकोप्लाज्माले निमोनिया, बच्चाहरुमा सामान्य सङ्क्रमण, ज्वरो, थकान, टाउको दुखाइ र लगातार खोकी जस्ता लक्षणहरु निम्त्याउँछ । गम्भीर अवस्थामा, यसले निमोनिया निम्त्याउन सक्छ र अस्पताल भर्ना आवश्यक पर्दछ ।

यसैबीच, रुघाखोकीजस्ता लक्षण देखि गालामा रातो दाना देखिने एरिथिमा इन्फेक्टियोसम पनि बढ्दै गएको छ । गत हप्ता देशभरका झण्डै तीन हजार चिकित्सा संस्थाहरूले औसत ०.९४ केस रिपोर्ट गरेका छन् ।

इन्फ्लुएन्जा पनि व्यापक रहेको हुनाले विज्ञहरूले मास्क लगाउनेलगायत सङ्क्रमण रोकथामका उपायहरूको महत्त्वमा जोड दिए ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ८ : ३३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको