म्याग्दी महोत्सवमा १० करोडको कारोबार « Khabarhub

म्याग्दी महोत्सवमा १० करोडको कारोबार


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनीमा आयोजना भएको आठौँ म्याग्दी महोत्सव एवं प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला, २०८१ मा १० करोड रुपैयाँ बराबरको कारोबार भएको जनाइएको छ ।

म्याग्दी उद्योग वाणिज्य सङ्घको आयोजनामा माघे सङ्क्रान्तिका अवसरमा गत पुस २८ गतेदेखि यही माघ ८ गतेसम्म आयोजना भएको महोत्सवमा कूल दुई सय ३० वटा प्रदर्शनी कक्ष राखिएका थिए । महोत्सवमा एक लाखले अवलोकन गरेको र १० करोड बराबरको कारोबार भएको म्याग्दी उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए ।

‘हाम्रो लक्ष्य अनुसार नै कारोबार गर्न र दर्शक भित्र्याउन सफल भएका छौँ’, उनले भने, ‘टिकट बिक्रीबाट मात्रै करिब ५० लाख आम्दानी भएको छ ।’

महोत्सवमा स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय औद्योगिक, कृषि तथा पशुजन्य, सूचना प्रविधि, कपडा, खाद्यान्न, भाडाको प्रर्दशनी गरिएको थियो । स्थानीय उत्पादनका ३० वटा स्टलमा भने निःशुल्क प्रर्दशनीको व्यवस्था मिलाइएको थियो । नेपाली कागज, सिमीको दाल, अल्लो, ढाका कपडा, मौलिक खानाका परिकारका स्टल पनि राखिएको थियो ।

महोत्सवमा पुरुष–महिला भलिबल, बास्केटबल, लोक दोहोरी गीत, पुख्र्यौली नाच, रत्यौली गीत, भजन, म्याग्दी आइडल एकल लोक नृत्य प्रतियोगिता र विभिन्न जातजातिको भाँकी प्रदर्शन गरिएको थियो ।

म्याग्दीको समग्र सम्भावनाको उजागर भई लगानी भित्र्याउन तथा आर्थिक गतिविधि चलायमान बनाउन महोत्सव सहयोगी भएको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए । उनले म्याग्दीको पर्यटन, कृषि, जलविद्युत्, खनिज, वन पैदावारजन्य उद्योग व्यवसायमा लगानी भित्र्याउन, संस्कृति संरक्षण, प्रतिभा पहिचान, प्रवर्द्धन र खेलकुदलाई महोत्सवसँग जोडिएको बताए ।

चीन र भारतको व्यापारिक प्राचीन रेशमीमार्ग र ‘साल्ट टे«ड रुट’को रुपमा परिचित कालीगण्डकी करिडोरको एक प्रमुख व्यापारिक केन्द्र बेनीको महत्वलाई झल्काउने तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

दुई सय वर्ष पहिले बेनीमा चीन र भारतसम्मका मानिसहरु माघे सङ्क्रान्ति मेलामा किनमेलका लागि आउने गर्दथे । सोही सिलसिलामा काठमाडौं उपत्यकाका नेवार समुदाय बेनीमा बसाइ सरेर आएको र यहाँ बस्ती बसेका थिए ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ९ : ५८ बजे

रहिनन् भारतीय गायिका आशा भोसले

काठमाडौं – वरिष्ठ भारतीय गायिका आशा भोसलेको निधन भएको छ

‘राम नाम सत्य’को कमजोर ओपनिङ, आयुषले गर्न पाउलान् त सिक्वेल ?

काठमाडौं – मल्टिस्टारर एक्सन फिल्म ‘राम नाम सत्य’को ओपनिङ कमजोर

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं– वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग आर्थिक विकास

एम्पुटी रनवे नेपाल २०२६ सम्पन्न (तस्बिरहरू) 

काठमाडौं– निर्मला फाउन्डेसनको आयोजनामा ‘एम्पुटी रनवे नेपाल २०२६’ सम्पन्न भएको

रेकर्ड यात्रा सकेर घर फर्किए आर्टेमिस टोली

ह्युस्टन– मानव अन्तरिक्ष अन्वेषणको नयाँ अध्याय खोल्दै चन्द्रमाको परिक्रमा गरेर