इंग्ल्याण्डको तेस्रो जित, कप्तान ह्यारी केनले गरे ह्याट्रिक « Khabarhub

इंग्ल्याण्डको तेस्रो जित, कप्तान ह्यारी केनले गरे ह्याट्रिक


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सन् २०२० मा आयोजना हुने युरो कप छनोटमा इंग्ल्याण्डले तेस्रो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा इंग्ल्याण्डले बुल्गेरियालाई ४–० गोल अन्तरले हराउँदै तेस्रो जित निकालेको हो ।

इंग्ल्याण्डको जितमा कप्तान ह्यारी केनले ह्याट्रिक गरे । यस्तै रहिम स्ट्रर्लिङले एक गोल गरे । घरेलु मैदान वेम्बली स्टेडियममा पहिलो हाफमा एक गोल गरेको इंग्ल्याण्डले दोस्रो हाफमा थप तीन गोल गरेको हो ।

खेलको २४ औं मिनेटमा केनले गोल गर्दै इंग्ल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए । ४९ औं मिनेटमा पेनाल्टीमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डलाई २–० को अग्रता दिलाए । ५५ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै इंग्ल्याण्डलाई ३–० को अग्रता दिलाएका थिए ।

खेलको ७३ औं मिनेटमा केनले पेनाल्टीमार्फत थप एक गोल गर्दै ह्याट्रिक पुरा गरे । इंग्ल्याण्ड ४–० ले विजयी भयो ।

जितसँगै समूह ‘ए’ को इंग्ल्याण्डले ३ खेलबाट ९ अंक जोडेको छ । इंग्ल्याण्ड तालिकाको शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ७ : २३ बजे

बाजुरामा ढुङ्गा लागेर वडा सदस्यको मृत्यु

बाजुरा – जिल्लाको बूढीगङ्गा नगरपालिकामा भिरबाट खसेको ढुङ्गा लागेर वडा

आईपीएल : गुजरातको खराब सुरुवात

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ५६औँ खेल

एसइईमा खोटाङको जनता माध्यमिक विद्यालयको नतिजा शून्य

खोटाङ – माध्यमिक शिक्षा परीक्षा (एसइई)मा यहाँको हलेसी तुवाचुङ नगरपालिका–९

कतारले भन्यो : हर्मुजलाई ‘ब्ल्याकमेल’ गर्ने स्रोतका रूपमा प्रयोग गर्नु हुँदैन

दोहा – मध्यपूर्व युद्ध सुरु भएदेखि नै अवरुद्ध गरेको ‘स्ट्रेट

पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने

काठमाडौं – पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र पशुपति गौशाला