मेघ गर्जनसहित चट्याङको सम्भावना, सतर्कता अपनाउन अनुरोध « Khabarhub

मेघ गर्जनसहित चट्याङको सम्भावना, सतर्कता अपनाउन अनुरोध


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका केही स्थानमा मेघ गर्जनसहित चट्याङको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

पूर्वानुमान महाशाखाले आइतबार आज देशभरी आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनसहित चट्यांङको सम्भावना रहेको जनाएको छ । केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

त्यस्तै आइतबार राति देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्यांङ सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

त्यस्तै सोमबारको मौसम पनि सामान्य बदली रहने पूर्वानुमान गरिएको छ । सोमबार दिउँसो देशभरी आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्यांङसहित हल्का देखि मध्यम वर्षा हुनेछ ।

मध्य र पुर्वी पहाडी भेगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

सोमबार राति देशभरी सामान्यदेखि पुर्ण बदली रही केही स्थानहरुमा मेघ गर्जन–चट्यांङ सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना पनि रहेको पूर्वानुमान गरिएको छ ।

देशका केही स्थानमा मेघ गर्जन–चट्यांङ को सम्भावना भएकोले सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ७ : ४५ बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित