बङ्गलादेशद्वारा सरकार विरोधी कारबाहीविरुद्धको आदेश खारेज « Khabarhub

बङ्गलादेशद्वारा सरकार विरोधी कारबाहीविरुद्धको आदेश खारेज


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बङ्गलादेशको शिक्षा मन्त्रालयले सरकार विरोधी ‘उत्तेजक गतिविधिहरू’ मा संलग्न शैक्षिक संस्था र विद्यार्थीहरूको रिपोर्ट गर्न अधिकारीहरूलाई दिएको आदेश गत वर्षको विद्यार्थी नेतृत्वको क्रान्तिको भावनालाई कमजोर पार्ने भन्ने आलोचनापछि बुधबार फिर्ता लिइएको छ ।

सन् २०२४ अगस्टमा विद्यार्थीहरूको नेतृत्वमा भएको जन आन्दोलनले लामो समयदेखि सत्तामा रहेकी स्वेच्छाचारी शेख हसिनालाई सत्ताच्यूत गरेको थियो र नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो ।

माध्यमिक शिक्षाका लागि मन्त्रालयको ‘अनुगमन र मूल्यांकन’ का निर्देशक अबेद नोमानीले हस्ताक्षर गरेको यो आदेश जनवरी २ मा जारी गरिएको थियो । यद्यपि सामाजिक सञ्जाल र पत्रपत्रिकामा प्रसारित भएपछि यो चर्चामा आएको थियो ।

शिक्षामन्त्री वाहिदुद्दीन महमुदले आदेशबारे आफूलाई जानकारी नभएको र यसलाई रद्द गरिएको बताए। 

अहिले रद्द गरिएको आदेशले अधिकारीहरूलाई ‘प्रचार, गलत सूचना वा दुष्प्रचारका कारण विद्यार्थीहरूलाई सरकार वा देश विरुद्ध उत्तेजक कार्यहरूमा संलग्न हुनबाट रोक्न सतर्क र सक्रिय रहन’ भनेको थियो । यसले ती कार्यहरूमा के समावेश हुनसक्छ भन्ने बारे स्पष्टीकरण दिएको थिएन ।

सर्वोच्च अदालतका वकिल स्नेहाद्री चक्रवर्तीले यसलाई संवैधानिक अधिकारको स्पष्ट उल्लङ्घन भएको बताएका छन् । अन्तरिम सरकारका अनुसार अगस्ट ५ मा हसिनाको सरकार हटाउने आन्दोलनमा आठ सयभन्दा बढी मानिसको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ७ : ३१ बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने