प्रधानमन्त्री कप क्रिकेटः हुस्सुका कारण आजको खेल रद्द « Khabarhub

प्रधानमन्त्री कप क्रिकेटः हुस्सुका कारण आजको खेल रद्द


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

धनगढी – बाक्लो हुस्सुका कारण यहाँ जारी प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज हुने भनिएको कोशी र मधेस प्रदेशबीचको खेल रद्द भएको छ ।

आज बिहान ११ बजेका लािग तय गरिएको उक्त खेल दिउँसो १ः१५ बजेसम्म पनि हुस्सुका कारण हुन नसकेपछि रद्द गरिएको रेफ्री मोहम्मद सफिकले जानकारी दिनुभयो ।

खेल रद्द भएपछि दुबै टोलीले १र१ अङ्क बाँडेका छन् । समूह बी मा रहेका कोशी र मधेस यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका टोली हुन् ।

यो समूहबाट त्रिभुवन आर्मी क्लब विजेता र बागमती प्रदेश उपविजेता रूपमा सुपर फोरमा पुगेका छन् । समूह ‘ए’ बाट एपिएफ विजेता र सुदूरपश्चिम उपविजेताका रूपमा सुपर फोरमा सुरक्षित छन् । सुपर फोरका खेल बिहीबारदेखि हुनेछ ।

पहिलो सुपर फोरको खेलमा बिहान ९ बजे एपिएफ र बागमती तथा दिउँसो १ बजे सुदूरपश्चिम र आर्मी भिड्नेछन् । यही माघ १ गतेदेखि सुरू भएको प्रतियोगितामा माघ १२ गते सम्पन्न हुनेछ ।

प्रतियोगिताको उपाधि विजेताले रु पाँच लाख, उपविजेताले तीन लाख, प्लेयर अफ द सिरिजलाई ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरलाई २५/२५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ८ : ३६ बजे

‘ब्लू सर्ज-पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ सम्पन्न गरी यामाहा नेपालका साझेदार स्वदेश फिर्ता

काठमाडौं– ‘ब्लू सर्ज-पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ मा सहभागी

‘गुण्डुमा जेएनको शरीरसँगै राजनीतिक आस्था र विश्वास पनि ढालियो’

काठमाडौं– नेकपा एमालेका नेता कर्णबहादुर थापाले बागमती प्रदेश संसदीय नेता

शेरधनसहितको बैठकमाा ओलीलाई हिक्मतको जवाफ : पार्टीले निर्णय नगरेसम्म राजीनामा दिन्नँ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आफ्ना कुरा राखेर