यूरोकप छनोटः सर्वियामाथि पोर्चुगलको सहज जित « Khabarhub

यूरोकप छनोटः सर्वियामाथि पोर्चुगलको सहज जित


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोर्चुगलले युरो कप छनोट फुटबलमा सर्वियामाथि शानदार जित हात पारेको छ । शनिबार राति भएको खेलमा घरेलु टोली सर्वियालाई पोर्चुगलले ४–२ गोलअन्तरले पराजित गरेको हो ।

पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो, विलियम कार्भाल्हो, गोन्कालो गुइडेस र बेर्नार्डो सिल्भाले समान १–१ गोल गरे ।  सर्वियाका लागि भने निकोला मिलेनकोभिच र एलेक्सजेन्डर मिट्रोभिचले गोल गरे ।

खेलको ४२औं मिनेटमा विलियमले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । समूह ‘बी’ मा रहेको पोर्चुगलले पहिलो हाफसम्ममा १–० गोलको अग्रता बनाएको थियो ।

दोस्रो हाफमा पोर्चुगलले तीन गोल थप्दा सर्वियाले दुई गोल फर्काउन सक्यो । खेलको ५८औं मिनेटमा गुएडेसले, ८०औं मिनेटमा रोनाल्डोले र ८६औं मिनेटमा सिल्भाले गोल गरेका थिए ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ८ : ०० बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका