गणेशको ‘वाहन’ मुसा कसरी बन्यो ? « Khabarhub

गणेशको ‘वाहन’ मुसा कसरी बन्यो ?


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

भगवान गणेशको नाम कुनै पनि कार्य गर्दा सवैभन्दा पहिले उच्चारण गरिन्छ । शास्त्रमा समेत सवैभन्दा पहिले लेखिएको हुन्छ– श्री गणेशायः नमः । गणेशको प्रसिद्धि यत्रतत्र हुँदा समेत उनले आफ्नो बहान किन मुसालाई बनाए भन्ने सबैलाई थाहा नहुन सक्छ ।

गणेले आफ्नो वाहनका रुपमा मुसालाई बनाएको विषयमा विभिन्न प्राचीन किंबदन्तिहरु छन् । एक किंवदन्ति अनुसार प्राचीन समयमा ‘गजमुखासुर’ (हात्तीको जस्तो मुख भएको) राक्षस थियो । उसले सवै देवताहरुलाई आक्रमण गर्ने गर्थ्यो ।

गजमुखासुरबाट आजित देवगणहरु त्यो राक्षसबाट छुटकारा पाउन गणेशका सामु पुगे । भगवान गणेशको डरले उक्त गजमुखासुर राक्षस मुसा बनेर भाग्न थाग्यो । त्यसपछि त्यो मुसालाई समातेर उनले आफ्नो वाहन बनाएका थिए ।

एक अर्को किंबदन्ति अनुसार देवताका राजा इन्द्रको दरबारमा ‘क्रोंच’ नाम गरेका गन्धर्व थिए । एक दिन क्रोंचले गल्तीले वामदेव नाम गरेका ऋषिको खुट्टामा खुट्टा राखिदिएछन् । यो हर्कतले ऋषि क्रोधित भइ गन्धर्बलाई मुसा बन्ने श्राप दिए ।

क्रोंचले अन्जानमा भएको गल्तीलाई लिएर वामदेव ऋषिसँग माफी मागे । ती गन्धर्बले माफी मागेपछि ऋषिले आफ्नो श्राप फिर्ता नलिइ उनलाई मुसाको रुपमा तिमी भगवान गणेशको वाहन बन्नेछौं भन्दै तथास्तु भनिदिए ।

जसबाट तिम्रो कल्याण हुनेछ भने । त्यसपछि गणेशको वाहनका रुपमा मुसा बनेको किंबदन्ती प्रचलनमा रहेको पाइन्छ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ९ : ५२ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल