गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट | Khabarhub Khabarhub

गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

गोरखा – गोरखाको चुमनुब्री गाउँपालिका–६, ताजुमा आगलागी हुँदा तीन वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

आज साँझ स्थानीय कुञ्जन छिरिङको दुईतल्ले कच्ची घरसहित तीन वटा घर जलेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले जानकारी दिए । खाना पकाउने चुल्होमा बलिरहेको आगो घरबाहिर फाल्न प्रयोग भएको पाइपमा सल्किएपछि आगलागी भएको उनले बताए ।

आगलागीबाट छिरिङको दुई वटा कच्ची घर, भूकम्पपछि निर्माण गरिएको अर्को एक घर जलेको हो । घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाडाकुँडा जलेर नष्ट भएको शर्माले जानकारी दिए ।

त्यस्तै एउटा घरको भुई तल्लामा रहेको आठ वटा गाई र तीन वटा गोरु आगलागीमा परेर मरेको उनको भनाइ छ । सोही ठाउँमा रहेका पाँच वटा गाईको भने उद्धार गरिएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीको जानकारी प्राप्त भए लगत्तै चुन्चेत प्रहरी चौकीबाट खटिएको प्रहरीको टोली र स्थानीयवासी मिलेर आगो निभाएको हो ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  १० : ०५ बजे

असुरक्षित गर्भपतनले स्वास्थ्यमा समस्या 

बागलुङ– बागलुङमा पछिल्लो समय सुरक्षित स्वास्थ्य संस्थाबाट नै गर्भपतन सेवा

कांग्रेस नेता खतिवडालाई पितृ शोक

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राज्य व्यवस्था समितिका पूर्वसभापति

खैरापुरको आकर्षण कृष्णसार (फोटो फिचर)

काठमाडौं– दुर्लभ वन्यजन्तुमा सूचीकृत जनावर कृष्णसार अवलोकन गर्न आन्तरिक र

आम्दा अस्पताल : दश वर्षमा ९ लाख बढीलाई स्वास्थ्य सेवा

लुम्बिनी– बुटवलमा सञ्चालित सिद्धार्थ बाल तथा महिला (आम्दा) अस्पतालले एक

प्रचण्डसँगै मिल्न पुगे गोपाल किराती : नयाँ पार्टीमा समाहित हुने

काठमाडौं – राजनीतिक संकटबीच माओवादी केन्द्र र देशभक्त समाजवादी मोर्चाबीच