जोन र्‍याक्लिफ ट्रम्पको सीआईए निर्देशक पक्का  « Khabarhub

जोन र्‍याक्लिफ ट्रम्पको सीआईए निर्देशक पक्का 


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेन्ट्रल इन्टलिजेन्स एजेन्सी (सीआईए)को प्रमुखमा नियुक्त गरेका जोन र्‍याक्लिफ लाई सिनेटले अनुमोदन गरेको छ । उनको नियुक्तिको पक्षमा ७४ तथा विपक्षमा २५ मत परको थियो । धेरै डेमोक्र्याटले समेत उनलाई मत दिएका थिए । 

यसै साता मार्क रुबियोलाई पनि अमेरिकी सिनेटलाई विदेश मन्त्रीको रूपमा स्वीकार गरी सकेको छ । यसै गरी रक्षा मन्त्री पिटर हेगसेथको बारे सिनेटले निर्णय गर्न बाँकी छ । राष्ट्रिय गुप्तचरको प्रमुख चयन भएकी तुलसी गाबार्ड बारेमा सुनुवाइ पनि अर्को साता हुने छ । 

डेमोक्र्याटको पूर्व सांसद गाबार्ड यस निर्वाचनमा ट्रम्पको अभियानमा सरिक भएकी थिइन् । अहिले यो महत्त्वपूर्ण जिम्मेवारी पाएकी उनले ३० जनवरीमा सिनेटका सामु जवाफ दिँदै आफूलाई योग्य पुष्टि गर्नु पर्ने छ । 

डेमोक्र्याट  सिनेटरहरूले यस अघि उनको यस अघि रुसका बारे व्यक्त गरिएका प्रतिक्रिया तथा सिरियाका बसार अल आसादसँगको भेटका बारे प्रश्न उठाउन सक्ने छन् ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  १२ : २४ बजे

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग