राष्ट्रिय जागरण अभियानका लागि कांग्रेसले तोक्यो ३ प्रदेशमा प्रतिनिधि | Khabarhub Khabarhub

राष्ट्रिय जागरण अभियानका लागि कांग्रेसले तोक्यो ३ प्रदेशमा प्रतिनिधि


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिरुको नामावली सार्वजनिक गरेको छ ।

कांग्रेसले सुदूरपश्चिम, कर्णाली र प्रदेश नम्बर १ मा खटिने केन्द्रीय प्रतिनिधिहरुको नामावली सार्वजनि गरेको हो ।

कांग्रेसले सार्वजनिक गरेको ‘प्रथम सूची’मा हरेक जिल्लाका लागि २–२ जना केन्द्रीय प्रतिनिधि खटाइएको छ ।

सभापति शेरबहादुर देउवाको गृहजिल्ला सुदूरपश्चिमको डडेल्धुरामा कञ्चनपुरका अन्तराम भट्ट र बेलबहादुर रानालाई खटाइएको छ ।

सभापति देउवाकी पत्नी डा. आरजु राणा देउवा भने कञ्चनपुरमा खटिएकी छन् ।

कांग्रेसले यसअघि गत वैशाख २५ गतेदेखि जेठ २५ गते गरेर १ महिनासम्म पहिलो चरणको राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको थियो ।

दोस्रो चरणअन्तर्गत भदौ २४ देखि असोज ७ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गरिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

राष्ट्रिय जागरण अभियान सफल पार्न पूर्व जिल्ला सभापति, पूर्व सांसद, महाधिवेशन प्रतिनिधि, प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारहरुलाई केन्द्रीय प्रतिनिधिका रुपमा परिचालन गरिएको शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ११ : २२ बजे

नेपालको सहमतिबिना चीन र भारतले भूमि प्रयोग गर्न खोज्नु अनुचित : शङ्कर पोखरेल

दाङ– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेपालको सहमतिबिना चीन र

मिथिलामा ‘कुशअमबसीया’ पर्व मनाइँदै

महोत्तरी– पूर्वीय वैदिक परम्पराका अनुयायी हिन्दू मैथिलले शनिबार ‘कुशअमबसीया’ पर्व

अवरुद्ध त्रिभुवन राजपथ सञ्चालनमा

हेटौँडा– हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको त्रिभुवन राजपथ सडक सञ्चालनमा आएको

कुशे औँसी :  संस्कार, श्रद्धा र सामाजिक शिक्षा

नेपालको सांस्कृतिक जीवन सदैव विविध पर्व र परम्पराले समृद्ध रहेको

प्रधानमन्त्री ओलीबाट कुशे औँसीको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुबाको मुख हर्ने दिन भाद्र