काठमाडौं– ललितपुरको गोदावरी नगरपालिका २ नं. वडाको किटाचौर क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ ।
बिहीबार साँझबाट लागेको डढेलो नियन्त्रणका लागि स्थानीय र सरकारी निकायका प्रतिनिधिहरू परिचालित भएका थिए ।
सो डढेलो नियन्त्रणका लागि नेपाल आर्मी, सशस्त्र प्रहरी र स्थानीयहरू परिचालित भएका थिए । सालको रूख भएको विष्टछाप सामुदायिक वनमा बिहीबारदेखि आगो सुरू भएको स्थानीयले जानकारी बताए ।
हेर्नुहोस् तस्बिरहरू :
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
प्रतिक्रिया