चिनियाँ सामानमा कर बढाउने डोनाल्ड ट्रम्पको चेतावनी « Khabarhub

चिनियाँ सामानमा कर बढाउने डोनाल्ड ट्रम्पको चेतावनी


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा कर बढाउने घोषणा गरेका छन् । उनले चिनियाँ समानामा १० प्रतिशत कर लगाउनेबारे विचार गरिरहेको बताएका छन् ।

आफ्नो दोस्रो कार्यकालको पहिलो दिन नै चिनियाँ आयातबारे सोधिएको प्रश्नको जवाफमा ट्रम्पले यस्तो टिप्पणी गरेका हुन् । उनले फेब्रुअरी १ देखि यो शुल्कमा विचार गर्न लागिएको बताएका छन् ।

पत्रकारसँग ट्रम्पले चीनले अमेरिकामा फेटानिलजस्ता औषधि पठाउँदै आएको र यसले संकट निम्त्याएको दाबी गरे ।

उनले मेक्सिको र क्यानडाबाट आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने धम्की समेत दिएका छन् । ट्रम्पले यी दुई देशले अवैध आप्रवासी र लागुपदार्थलाई अमेरिका आउन दिएको आरोप पनि लगाएका छन् ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ९ : ४६ बजे

बाढीपहिरो पीडितको उद्धार र राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौं– टेक्नो मोबाइल नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १०

भोटेकोशी बाढीपीडितका लागि प्याब्सन झापाको ७५ लाख सहयोग

झापा– भोटेकोशी बाढीबाट प्रभावितका लागि झापाका निजी विद्यालय, शिक्षक, विद्यार्थी,

नवनियुक्त उद्योगमन्त्री साहले लिए शपथ

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सिफारिस दीपककुमार साहले शपथ ग्रहण

साना व्यवसायका लागि वर्ल्डलिंकले ल्यायो ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा

काठमाडौं– वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्ना साना तथा मध्यम व्यवसाय ग्राहकहरूका लागि