टीकापुर घटनाका सबै बन्दीहरुलाई अलिलम्ब रिहा गर्न माग « Khabarhub

टीकापुर घटनाका सबै बन्दीहरुलाई अलिलम्ब रिहा गर्न माग


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थारु कल्याणकारिणी सभाले ७ भदौ २०७२ मा भएको टीकापुर घटनापछि पक्राउ परेका नेता तथा कार्यकर्ताको अबिलम्ब रिहाइको माग गरेको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई ज्ञापन पत्र बुझाउँदै सभाले सबै नेता तथा कार्यकर्ताको अबिलम्ब रिहाइको माग गरेको हो ।

२ भदौ २०७२ मा भएको घटना विशुद्ध राजनीतिक घटना भएकाले त्यसका समाधान पनि राजनीतिक सहमतिकै आधारमा गरिनुपर्ने सभाको माग छ ।

थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरीले बुझाएको ज्ञापनपत्रमा ६ बुँदे माग प्रस्तुत गरिएको छ ।

६ बुँदे मागको पहिलो बुँदामै टीकापुर घटनाकासन्दर्भमा थारु नेता तथा कार्यकर्तामाथि लगाइएको मुद्दाहरु फिर्ता गरी अबिलम्ब रिहाइको माग गरिएको छ ।

सभाले स्थानीय तहमा कर्मचारी भर्ना गर्ने गरी लोक सेवा आयोगको विज्ञापन तत्काल खारेज गरी राज्यको हरेक अंगमा संवैधानिक व्यवस्थाअनुसार समानुपातिक समावेशी प्रतिनिधित्वको कार्यान्वयन हुनुपर्ने माग पनि गरेको छ ।

ज्ञापन पत्र बुझ्दै नेकपा अध्यक्ष प्रचण्डले थारुहरुका मागप्रति आफू सकरात्मक भएको बताए । सभाले उठाएका मागहरु सम्बोधनका विषयमा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गर्ने प्रचण्डको भनाइ थियो ।

 

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  १२ : २९ बजे

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन

सरकारको औचित्य सकिएको घोषणा गर्दै मिराजले प्रधानमन्त्री कार्कीमाथि लगाए १७ गम्भीर आरोप

काठमाडौं- जेन-जी आन्दोलनका एकजना अगुवा मिराज ढुंगानाले भदौ २३ र

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका