अमेरिकामा 'अवैध आप्रवासी' फिर्ता प्रक्रिया जारी | Khabarhub Khabarhub

अमेरिकामा ‘अवैध आप्रवासी’ फिर्ता प्रक्रिया जारी


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीमाथि कडा कारबाही गर्न अघि बढेसँगै दर्जनौँ आप्रवासीलाई लिएर अमेरिकी सेनाका विमानहरू ग्वाटेमाला आइपुगेका छन्।

मध्य अमेरिकी देशको आप्रवासन संस्थानका अनुसार ग्वाटेमालाका २६५ जना तीन वटा उडानबाट स्वदेश फर्किएका हुन् । वासिङ्टनले बिहीबार मेक्सिकोमा चार वटा निर्वासन उडान पनि पठाएको ह्वाइट हाउसका प्रेस सक्रेटरीले एक्समा उल्लेख गरेका छन् । 

मेक्सिको सरकारले उडानहरूको आगमन कुनै सम्झौताको पुष्टि गरेको छैन तर, मेक्सिकोको विदेश मन्त्रालयले आफ्ना नागरिकको निर्वासनका विषयमा वासिङ्टनसँग मिलेर काम गर्न तयार रहेको बताउँदै मेक्सिकोले ‘ मेक्सिकोका नागरिकको आगमनलाई आफ्नो भूमिमा खुला हातले सधैँ स्वीकार गर्ने’ बताएको छ ।

ह्वाइट हाउसले दुई दिनमा एक हजारभन्दा बढी व्यक्तिलाई पक्राउ गरेका, सयौँलाई सैनिक विमानबाट देश निकाला गरिएको र ‘इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान चलिरहेको’ बताएको छ । 

बिहीबार ५३८ जना अवैध आप्रवासी ‘अपराधी’ पक्राउ परेका छन् भने शुक्रबार ५९३ जना पक्राउ परेका छन् ।

ट्रम्पका पूर्ववर्ती जो बाइडेनको समयमा निर्वासन उडानहरू नियमित रूपमा सञ्चालन गरिएको थियो । सन् २०२४ मा कुल दुई लाख ७० हजार व्यक्तिलाई निर्वासित गरिएको थियो यो पछिल्लो एक दशकमा उच्च रेकर्ड हो । 

उक्त अवधिमा एक लाख १३ हजार ४०० व्यक्तिलाई गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो । 

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ५ : ३४ बजे

तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा सोमबार सुनको मूल्य केही बढेको छ ।

२३ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले दुई दिनमा झण्डै २३ लाख

बाँकेको राँझा विमानस्थलको नयाँ टर्मिनल भवन तयार

बाँके– नेपालगञ्जस्थित राँझा विमानस्थलको सुविधायुक्त नयाँ टर्मिनल भवन निर्धारित समयभन्दा

दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति

मधेश सरकारबाट फिर्ता हुन राप्रपाका मन्त्रीलाई अध्यक्ष लिङ्देनको निर्देशन

काठमाडौं– मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एक होटेलमा बसेर