एनसेल लाभकरबारे सर्वोच्चले गरेको आदेशविरुद्ध संसदमा उठ्यो प्रश्न | Khabarhub Khabarhub

एनसेल लाभकरबारे सर्वोच्चले गरेको आदेशविरुद्ध संसदमा उठ्यो प्रश्न


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको पूँजीगत लाभकर प्रकरणमा सर्वोच्च अदालतले जारी गरेको आदेशप्रति संघीय संसदमा प्रश्न उठेको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलका प्रमुख सचेतक देब गुरुङले एनसेलको लाभकर प्रकरणमा सर्वोच्चले जारी गरेको आदेशबारे संसदमा प्रश्न उठाएका हुन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै नेता गुरुङले लाभकर प्रकरणमा सर्वोच्चले जारी गरेको आदेशले अरबौंको कोषको घोटाला गराएको पनि आरोप लगाए ।

नेता गुरुङले सर्वोच्च अदालतले ९ भदौमा जारी गरेको आदेशले एनसेलको पूँजीगत लाभकरण प्रकरणमा सर्वोच्च अदालतको २३ माघ २०७५ को बृहद पूर्ण इजलासले गरेको फैसलाको उल्लंघन गरेको समेत आरोप लगाए ।

नेता गुरुङले एनसेलको पूँजीगत लाभकर प्रकरणमा सर्वोच्चले गरेको आदेशविरुद्ध तत्कालन पुनरावलोकनमा जानुपर्ने भन्दै सरकारको ध्यानाकर्षण पनि गराए ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  १ : ५५ बजे

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैनः अध्यक्ष केसी

कैलाली – राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रको विकल्प

अमेरिकामा आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु

वासिङ्टन – अमेरिकाका दुई राज्य मिसौरी र केन्टुकीमा आएको आँधीका

कृषिमा यान्त्रिकीकरणः समय र खर्चको बचत

गलकोट – अहिले खेतबारीमा गहुँ चुट्न किसानलाई भ्याइनभ्याइ छ ।

नापतौलमा अनियमितता गर्नेलाई कारबाही

जनकपुरधाम – गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको

भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाका लागि वार्ड स्थापना

भक्तपुर – भक्तपुर क्यान्सर अस्पतालले सघन उपचार कक्ष (आइसियू) सहितको