वर्षमानलाई लिएर प्रचण्ड तेह्रथुमतिर, ओलीको जन्मथलोमा दुई दिन बस्ने   « Khabarhub

वर्षमानलाई लिएर प्रचण्ड तेह्रथुमतिर, ओलीको जन्मथलोमा दुई दिन बस्ने  


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सैनिक हेलिकोप्टरमा पूर्वी पहाडी जिल्ला तेह्रथुम भ्रमणमा गएका छन् । प्रचण्डसँगै माओवादी उपमहासचिव वर्षमान पुन पनि रहेका छन् । 

प्रचण्ड आज र भोलि तेह्रथुमका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुने छन् । उनले आज लालीगुराँस नगरपालिका– ७ लसुनेस्थित शहीद धनरूपा पार्कको उद्‌घाटन गर्ने कार्यक्रम छ ।

त्यसपछि उनी प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको जन्मथलो आठराई जाने छन् । उनले आठराई गाउँपालिका– ३ ह्वाकु बगाले शहीद स्मृति पार्क र सोही स्थानमा जनयुद्ध तथा शान्ति सङ्ग्रहालय भवनको शिलान्यास गर्ने कार्यक्रम छ ।

उक्त स्थानमा २०५८ साल माघ २४ गते सुरक्षाकर्मीको कारबाहीमा १८ माओवादी सेनाका लडाकु र तीनजना सर्वसाधारणको मृत्यु भएको थियो ।

प्रचण्डले आजै आठराई– २ स्थित पर्यटकीय क्षेत्र झाँक्री गुफा पार्कको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ । उनी आज राति आठराई– ६ चुहानडाँडा बजारमा बास बस्नेछन् ।

मंगलबार बिहान आठराई– ६ मा पार्टी कार्यकर्ता, स्थानीय तथा स्वर्गीय माओवादी नेता भक्तराज कन्दङवाका परिवारसँग भेटघाट गर्ने प्रचण्डको कार्यतालिका छ । त्यसपछि उनले कन्दङवाको सालिक अनावरण गर्नेछन् । दिउँसो तेह्रथुम बहुमुखी क्याम्पसको सभाहलमा पार्टीको तेह्रथुम जिल्ला स्तरीय कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएर उनी काठमाडौं फर्कने माओवादी केन्द्र तेह्रथुमका नेता रघु गौतमले जानकारी दिए ।

प्रचण्डले पञ्चायतको अन्तिम समयतिर तेह्रथुमको चुहानडाँडामा रहेको तत्कालीन शारदा माध्यामिक विद्यालयमा शिक्षकको नियुक्ति लिएका थिए । नियुक्तिपत्र लिएर सदरमुकाम म्याग्लुङसम्म पुगेका उनी विद्यालय धेरै टाढा र विकट ठाउँमा रहेको थाहा पाएपछि फर्किएका थिए ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ९ : ४४ बजे

सामूहिक प्रयासबाट देश छिट्टै संकटबाट बाहिरिने छ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकार, सरोकारवाला निकाय

कार्बन उत्सर्जनमा चीन, अमेरिका र भारत अगाडि, भोटेकोशी विपद्को पुनरुत्थानमा सघाउलान् ?

काठमाडौं– भदौ १० गतेको बिहान भोटेकोशी नदीमा विनाशकारी बाढी आयो

भोटेकोशी बाढीबाट जनधनको क्षतिप्रति भारतद्वारा दु:ख व्यक्त

काठमाडौं- गत भदौ १० गते बुधबार रसुवास्थित भोटेकोशी नदीमा आएको

विश्वसँग दान र सहयोग होइन, क्षतिपूर्ति मागौं : वातावरण कानुनका ज्ञाता श्रेष्ठ

काठमाडौं- नेपालले लामो समयदेखि भोगिरहेको जलवायु परिवर्तनको असरसम्बन्धी कानुनी लडाईमा