अमेरिकाबाट सुरु भयो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन « Khabarhub

अमेरिकाबाट सुरु भयो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– सबैभन्दा धेरै पुरस्कार राशि भएको विश्वस्तरीय नेपाली गायन र नृत्यका रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन दुईको अडिसन अमेरिकाको ओहायोबाट सुरु भएको छ ।

संसारका ५ महादेशहरूमा पर्ने १२ देशका १४ शहरहरूमा तय गरिएका डिसनको सुरुवात अमेरिकाको कोलम्बसबाट जनवरी २५ र २६ मा भएको छ ।

अमेरिका र क्यानडाका नेपाली जातिका गायन र नृत्यका प्रतिभाहरू सम्मिलित एक भव्य समारोहका बीच आयोजक संस्था इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले पानसमा बत्ती बालेर शुभारम्भ गरेका थिए ।

विश्वभर छरिएर रहेका नेपाली जातिका कलाकारबीच प्रतिष्पर्धा गराइने यी दुबै शो का विजेताले १ करोड, उपविजेताले २५ लाख र तेस्रो हुनेले १० लाख पुरस्कार पाउने छन् ।

शुभारम्भका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै फाउण्डेसनका अध्यक्ष अधिकारीले संसारको जुनसुकै कुनामा बसे पनि आफ्‌नो मौलिक संस्कृतिलाई जीवन्त राख्न प्रयत्न गरिरहनु पर्ने बताए ।

उनले नेपाली जातिको अमूल्य संस्कृतिले नै आफूहरूलाई नेपाली बनाएको भन्दै यसलाई जोगाउन विश्वस्तरीय दुई शोहरु सुरु गरिएको बताए ।

नेपाली जातिको संस्कृतिलाई गीत, सङ्गीत र नृत्यका माध्यमबाट अर्को पुस्तासम्म पुस्तान्तरण गर्ने, यही माध्यमबाट नेपाली जातिको एकतालाई संसारभर मजबुत पार्ने र जहाँसुकै बसे पनि नेपाली जातिलाई नेपाल देशसँग जोड्ने उद्देश्यले गैरनाफामूलक संस्था फाउण्डेसनले शो आयोजना गर्दै आएको पनि उनले जानकारी दिए ।

अमेरिकाबाट सुरु भएको अडिसन युरोपका लण्डन र पोर्चुगल, जापानको टोकियो, चीनको हङ्गकङ्गमा फेब्रुअरी १५ र १६ मा हुँदैछ भने अष्ट्रेलियाको सिड्नीमा फेब्रुअरी २३, थाइल्याण्डको बैकक, युएईको दुबईमा फेब्रुअरी २२ र २३ मा हुने जानकारी पनि दिइयो ।

त्यसैगरी, कतारको दोहामा फेब्रुअरी २१ मा र भारतको मुम्बईमा मार्च १ र २ मा अडिसन हुने छन् । भारतको सिलगुडीमा मार्चको ८ र ९ तारिकमा अडिसन सम्पन्न गरेपछि नेपालका विभिन्न चार शहरहरू बिर्तामोड, पोखरा, नेपालगञ्ज र काठमाडौं अडिसन सम्पन्न गरी संसारभरबाट छानिएका प्रतिभाहरूलाई फाउण्डेसनले आफ्‌नै खर्चमा नेपाल लैजाने र बाँकी प्रतिष्पर्धालाई अघि बढाउने छ । दुवै शो हरु नेपाल टेलिभिजनबाट प्रसारण गरिने जानकारी पनि कार्यक्रममा दिइएको थियो ।

अमेरिका र क्यानडाका गीत र नृत्यका ६० भन्दा बढी प्रतिभाहरूले भाग लिएको सो अडिसनबाट गीततर्फ ६ जना र नृत्यतर्फ ५ जना छनौट गरिएको छ । अमेरिकाको फिल्ड अडिसनका लागि निर्णायकहरुमा गायनतर्फ बरिष्ठ संगीतकार सुशील विश्वकर्मा, गायकहरु केशब पौडेल, अर्जुन रसाइली र संगीतकार मुस्कान बलम्पाकी मगर तथा नृत्यतर्फ नायक दीलिप रायमाझी, शंकर बिसी, रुपेश उप्रेती र पार्वती राई  थिए ।

कार्यक्रममा अध्यक्ष अधिकारीले फाउण्डेसनको संस्कृति विभागको प्रमुखमा पेन्सिलभेनिया निवासी ओमराज गुरुंगलाई नियुक्त गरिएको जानकारी पनि दिएका थिए । मेरो डान्स युनिभर्सको अमेरिका अडिसनका दिन इन्ट्रा डान्स स्कूल कोलम्बसका विद्यार्थीहरुले समेत आकर्षक नृत्यहरु देखाएका थिए ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ११ : ५३ बजे

तीस अर्बको एकमहिने निक्षेप संकलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्बको एकमहिने

आजदेखि हलमा तीन नेपाली फिल्म : झिंगेदाउ-२, कार्की साइँला र माया बस्छ कि के हो !

काठमाडौं– आजबाट हलमा तीन नयाँ फिल्म थपिएका छन् ।  ज्ञानेन्द्र

जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै

चितवन– चितवन राष्ट्रिय निकुञ्जको भित्री भागका सडक सरसफाइ सुरु गरिएको

त्रिशूलीको कटानले तारुकाघाटमा त्रास, दर्जनौँ घर जोखिममा (तस्बिरहरू)

काठमाडौं– भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि

ट्रम्प प्योङयाङसँग वार्ताका लागि इच्छुक : दक्षिण कोरियाली राष्ट्रपति

सियोल- दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प