किशोरीमाथि सामूहिक बलात्कारको आरोपमा दुई जना पक्राउ | Khabarhub Khabarhub

किशोरीमाथि सामूहिक बलात्कारको आरोपमा दुई जना पक्राउ


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीमा दुई किशोरीमाथि सामूहिक बलात्कारको आरोपमा २ जना पक्राउ परेका छन् । जोशीपुर गाउँपालिका– ६ बस्ने १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका– १ का १८ वर्षीय सुमन डगौरा र  १८ वर्षकै कुशल चौधरी रहेको कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए । उनीहरूलाई इलाका प्रहरी कार्यालय भजनीले नियन्त्रणमा लिएको हो । 

उनका अनुसार बलात्कारमा संलग्न रहेको आरोप लागेका अन्य दुई जना भने भारततर्फ भागेको बताइएको छ । भारत भाग्नेमा १८ वर्षीय राजकुमार चौधरी र १९ वर्षीय आशिक चौधरी छन् ।

उनीहरू चारै जनाले २२ मङ्सिरमा किशोरीमाथि सामूहिक बलात्कार गरे पनि ढिलो गरी प्रहरीलाई खबर आएको बुझिएको छ। किशोरी मामाघर जाने क्रममा किशोरीमाथि बीचबाटोमै बलात्कार भएको बताइएको छ ।

उनीहरू विरूद्व जबरजस्ती करणी शीर्षकमा किटानी जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  १२ : ०६ बजे

तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा सोमबार सुनको मूल्य केही बढेको छ ।

२३ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले दुई दिनमा झण्डै २३ लाख

बाँकेको राँझा विमानस्थलको नयाँ टर्मिनल भवन तयार

बाँके– नेपालगञ्जस्थित राँझा विमानस्थलको सुविधायुक्त नयाँ टर्मिनल भवन निर्धारित समयभन्दा

दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति

मधेश सरकारबाट फिर्ता हुन राप्रपाका मन्त्रीलाई अध्यक्ष लिङ्देनको निर्देशन

काठमाडौं– मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एक होटेलमा बसेर