रुसमा बितेका विनोदलाई कुशको शव बनाएर बिदाइ (तस्बिरहरू) « Khabarhub

रुसमा बितेका विनोदलाई कुशको शव बनाएर बिदाइ (तस्बिरहरू)


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनविरुद्धको युद्धमा रूसी सेनाबाट सहभागी एकजना नेपाली युवकको उनका परिवारले कुशको शव बनाएर अन्तिम बिदाइ गरेका छन् ।

ओखलढुंगा स्थायी घर भई कीर्तिपुर नगरपालिका– ४ मा बस्दै आएका विनोदबहादुर सुनुवारको सोमबार पशुपतिनाथ आर्यघाटमा कुशको शव बनाएर अन्त्येष्टि गरिएको हो ।

रुसी सेनामा कार्यरत रहँदा ज्यान गुमाएका सुनुवारको पार्थिव शरीर नेपाल ल्याउन सम्भव भएन । उनको निधनको खबर मात्रै घरपरिवारसम्म आइपुग्यो । विनोदको शवको रुसी सेनाले उतै अन्त्येष्टि गरिसकेको छ ।

त्यहीकारण पशुपति आर्यघाटमा कुशको शव तयार गरेर आफ्नो संस्कृति परम्पराअनुसार परिवारजनले दाहसंस्कार गरेका हुन् ।

 विनोद १७ असोज २०८० मा रुसतर्फ गएका थिए । रुस गएको ७५ दिनदेखि परिवारसँग सम्पर्क थिएन । तीन दिनअघि मात्रै उनको मृत्युको खबर परिवारलाई आएको हो ।

कीर्तिपुरमा बसोबास गर्दागर्दै रुस गएका सुनुवारका २४ वर्षीय श्रीमती सृजना बस्नेत र एक छोरा छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ५ : ३४ बजे

एक साताको खोजी निष्फल, पत्रकार पौडेलका बुवा-आमासहित पाँच जनाको अन्तिम संस्कार

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर

रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सम्पन्न

अमेरिका- रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सम्पन्न भएको छ

पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्छ : रामबहादुर थापा

काठमाडौं– नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले पुनर्निर्माणका

इरानी सैन्य लक्ष्य विरुद्धको आक्रमण पूरा गरेको सेन्टकमको दाबी

ताम्पा- संयुक्त राज्य अमेरिकाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानका विभिन्न सैन्य

प्रतिनिधिसभाबाट भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित

काठमाडौं– प्रतिनिधिसभा बैठकले भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित गरेको