संसद अधिवेशनको तयारी तीव्र, कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै « Khabarhub

संसद अधिवेशनको तयारी तीव्र, कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही माघ १८ गते सुरु हुने सङ्घीय संसदको हिउँदे अधिवेशनको तयारी तीव्र पारिएको छ । यसका लागि सभामुख देवराज घिमिरेले सक्रियता बढाएका छन् । 

हिउँदे अधिवेशनको तयारी स्वरुप सभामुख घिमिरेले आज कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ ।

साथै, विधेयक रहेका संसदीय समितिका सभापतिसँग पनि सभामुख घिमिरेले अलग अलग संवाद गरिरहेको उनका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।

हिजो दलका मुख्य सचेतक र सचेतकहरूसँग सिंहदरवारमा छलफल भएको थियो । यसअघि सभामुखले आइतबार सत्तापक्ष र प्रतिपक्षका मुख्य सचेतक र सचेतकसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ७ : १५ बजे

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल