वायु तत्व भएका यी राशिहरु अरु भन्दा अलग हुन्छन् « Khabarhub

वायु तत्व भएका यी राशिहरु अरु भन्दा अलग हुन्छन्


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

हरेक व्यक्तिको राशिअनुसार स्वभावहरु फरक हुने गर्दछ । आफूसँग स्वभाव नमिल्ने वा एकै गुण नभएका ब्यक्तिसँग हामीलाई व्यवहार गर्न निकै कठिन हुने गर्दछ ।

यस्तोमा सबैले अरु राशिको स्वभाव र गुण जान्न खोज्दछन् । तपाईंमा रहेको त्यो उत्सुक हामी पूरा गर्दैछौँ । धर्मशास्त्रअनुसार भूमी, अग्नि र वायुलगायतका तत्व, राशिसँग जोडिएर परिभाषित हुने गर्दछन् । वायु तत्वसँग जोडिएका राशिको स्वभाव यस्तो रहने गर्दछ ।

वायु तत्वसँग जोडिने राशिको श्रेणीमा तुला, मिथुन र कुम्भ राशिका व्यक्तिहरु पर्दछन् । तुला, कुम्भ र मिथुन राशिका व्यक्तिका सपनाहरु महत्वकांक्षी हुने गर्दछ । यी राशिका व्यक्तिको कल्पना सहज रुपमा पूरा हुन नसक्ने हुन्छ ।

अझ यी राशिका व्यक्तिहरु रहस्यमयी रहने भएकाले यीनीहरुको सोचका बारेमा अरुले अनुमान लगाउन सक्दैनन् । तर यी राशिका व्यक्ति परिस्थितिअनुसार व्यवहार गर्न माहिर हुन्छन् । यदि कुनै दुई व्यक्तिबीचको टकराव गराउनु छ वा सम्झौता गराउनु छ भने यी राशिका व्यक्ति अगाडि सरेमा काम फत्ते हुने सम्भावना हुन्छ ।

वायु तत्वको प्रभावमा व्यक्तिहरु कुनै एक स्थान वा वस्तुमा अडिग तथा टिक्न सक्दैनन् । त्यसैले तुला, मिथुन र कुम्भ राशिका ब्यक्तिको चञ्चलताले उनीहरुलाई परिवर्तन गरिरहन्छ । यी राशिका व्यक्तिको स्वभाव सामाजिक तथा धार्मिक क्षेत्रमा पनि लाग्ने हुन्छ । उनीहरु योजनाबद्ध काम गर्न मन पराउँछन् तर सक्दैनन् ।

जिज्ञासु प्रवृत्तिले तुला, मिथुन र कुम्भ राशिका व्यक्तिलाई सबैसँग घुलमिल हुन सहज बनाउने गर्दछ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ४ : ५९ बजे

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास