स्रोत नखुलेको १० लाखसहित दुई जना पक्राउ « Khabarhub

स्रोत नखुलेको १० लाखसहित दुई जना पक्राउ


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- प्रहरीले बाराबाट स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्सा सखुवाप्रसौनी गाउँपालिका-१ दोहरी टोल बस्ने ३२ वर्षीय अनिल पटवारी थारु र वीरगन्ज महानगरपालिका-१५ लक्ष्मनवा बस्ने ३१ वर्षीय ओमप्रकाश यादव रहेका छन्।

इलाका प्रहरी कार्यालय सिमरा र अस्थायी प्रहरी पोष्ट डुमरवानाबाट खटिएको प्रहरीले कलैयाबाट मोरङ विराटनगरतर्फ जाँदै गरेको म।प्र.०३-००१ च ८०७३ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई पक्राउ गरेको हो।

जीतपुर सिमरा उपमहानगरपालिका(१६ पैनी टोलस्थित सडकमा पिकअप गाडी रोकेर तलासी लिँदा उनीहरूको साथबाट स्रोत नखुलेको नगद १० लाख रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने र त्यसले वित्तीय कारोबारको दायित्व पूरा नगर्ने भएकाले गैरकानूनी मानी प्रहरीले नियन्त्रणमा लिने गरेको छ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  १ : १४ बजे

घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित ठिनी खोलामा पक्की मोटरेबल पुल

मनीष झाको प्रश्न- ‘यस्तो बचपनले राजकाज चल्छ ?’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मनीष

त्यो असारजस्तो किन छैन यो असार ?

ग्रीष्मको प्रचण्ड रापले डढेको माटोलाई शीतल जलकणले सिञ्चित गर्दै आउने

कञ्चनपुर डेङ्गुको जोखिममा, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर– कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा मात्रै जिल्लामा

बागलुङमा सिँचाइ सुविधा विस्तार

बागलुङ– बागलुङमा एक वर्षको अवधिमा १०७ वटा सिँचाइ योजना सम्पन्न