वैदेशिक रोजगारीमा ठगी, चार जना पक्राउ | Khabarhub Khabarhub

वैदेशिक रोजगारीमा ठगी, चार जना पक्राउ


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई  पक्राउ परेका छन् ।

सल्ल्यानको छत्रेश्वरी गाउँपालिका–६का सुनिल दसौदी, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–५ का स्थायी बासिन्दा विकास दवाडी, गोरखा शहीदलखन गाउँपालिका–७ घर भएका सुरेन्द्र विक र काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ निवासी २४ वर्षीया विशाखा पौडेललाई ठगेको अभियोगमा पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।  

अभियुक्त दसौदीले सर्विया पठाइदिन्छु भन्दै २२ लाख ३८ हजार , दवाडीले जापान पठाइदिने भनेर  दुई जनाबाट रु तीन लाख,  विकले सुरेन्द्रले अमेरिका पठाइने बहानामा ९७ लाख ५४ हजार  र पौडेलले कुवेत पठाइदिन्छु भन्दै एक लाख ६० हजार ठगेका थिए । 

अभियुक्तमध्ये दवाडी, पौडेल र दसौदीलाई वैदेशिक रोजगार विभाग तथा विकलाई जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ । 

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  १ : ३९ बजे

सेयर होल्डरबाट ‘आजित’ भएका भण्डारीले सम्झिए प्रधानमन्त्रीलाई

काठमाडौं – रियालिटी शो ‘कमेडी च्याम्पियन’का निर्देशक तथा निर्माता विशाल

बाढीपहिरोले जोमसोम-कोरला सडक अवरुद्ध

मुस्ताङ– अविरल वर्षाका कारण उपल्लो मुस्ताङ जोड्ने जोमसोम–कोरला सडकमार्ग आज

वैद्यलाई भेट्न टोखा पुगे प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले क्रान्तिकारी कम्युनिष्ट पार्टी

खडेरीले सुकायो कलधारा

सिरहा– लहान नगरपालिका-१ र २ मा पर्ने मटियर्वा र मिलन चोक

दक्षिण कोरियामा भारी वर्षाका कारण १४ जनाको मृत्यु, १२ बेपत्ता

सियोल- दक्षिण कोरियामा पाँच दिनसम्म परेको भारी वर्षाले १४ जनाको