पाथीभरमा केबलकार विवाद वार्ताबाट मिलाउन भोजपुरका दलहरूको आग्रह | Khabarhub Khabarhub

पाथीभरमा केबलकार विवाद वार्ताबाट मिलाउन भोजपुरका दलहरूको आग्रह


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोजपुरका विभिन्न राजनीतिक दल र संघसंस्थाहरूले कोशी प्रदेशको ताप्लेजुङस्थित मुक्कुमलुङ धार्मिकस्थलमा केवलकार निर्माण गर्ने निर्णयपछि उत्पन्न तनाव वार्ताबाट सामाधान गर्न आग्रह गरेका छन् ।

सत्ता साझेदार नेपाली कांग्रेससँगै प्रतिपक्षमा रहेका दल र भोजपुरका विभिन्न संघसंस्थाहरूले संयुक्त विज्ञप्ति निकालेर वार्ताका माध्यमबाट समस्या सामाधन गर्न आग्रह गरेका हुन् ।

‘घटनालाई तनावग्रस्त हुनबाट रोक्न संघर्षरत सरोकारवाला संघसस्था, राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिको सहभागितामा वार्ता गरी राज्य र अधिकारकर्मी दुवै पक्षबाट बल प्रयोग गर्ने र भिडन्त हुने अवस्थाको अन्त्यका लागि वार्ताबाट समस्या समाधानको बाटो पहिल्याउन र घाइतेहरूको निःशुल्क उपचारका लागि राज्य पक्षसँग जोडदार माग गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै राज्यको दमनकारी गतिविधिको विरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

उनीहरूले माघ १२ गते राज्य पक्षबाट आन्दोलनकारीमाथि गोली हानिएको घटनाको पनि निन्दा गरेका छन् । शनिबार भएको उक्त झडपमा आन्दोलनकारीमध्ये दुईजनालाई गोली लागेको थियो । प्रहरीतर्फ २० जना घाइते भएको बताइएको छ ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  १ : ५६ बजे

नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भएको

नेपालका बलरसामु निरीह नेदरल्याण्ड्स, गुमायो छैठौँ विकेट

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भइरहेको

ललितले लिए नेदरल्याण्ड्सको पाँचौँ विकेट

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भइरहेको

कोलम्बियामा सात विस्फोट, एक जनाको मृत्यु

एजेन्सी – कोलम्बियाको दक्षिणपश्चिम क्षेत्रमा आज मंगलबार भएका श्रृंखलाबद्ध विस्फोटहरूले

चार विकेट गुमाएर नेदरल्याण्ड्सले जोड्यो ११६ रन

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भइरहेको