भारतको संसद् अधिवेशन पनि आजैदेखि, सरकार र प्रतिपक्षीबीच रस्साकस्सी सुरु « Khabarhub

भारतको संसद् अधिवेशन पनि आजैदेखि, सरकार र प्रतिपक्षीबीच रस्साकस्सी सुरु


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा संसद्को विधेयक (हिउँदे) अधिवेशन सुरु हुँदै गर्दा भारतमा पनि आजैदेखि त्यहाँको संसद्को बजेट अधिवेशन सुरु भएको छ ।

आज बिहान ११ बजे सुरु भएको संसद्को बजेट सत्र (सन् २०२५–२०२६)लाई त्यहाँकी राष्ट्रपति द्रौपदी मूर्मूले सम्बोधन गरेकी छिन् । वित्तमन्त्री निर्मला सीतारमणले संसद्को दुबै सदनमा अपराह्नतिर मुलुकको आर्थिक सर्वेक्षण प्रतिवेदन पेश गर्नेछिन् ।

भारतको वार्षिक बजेट (भोलि) शनिबार संसद्मा पेश हुने बीबीसी हिन्दीमा उल्लेख छ । बजेट पेश हुनु अघिल्लो दिन संसद् भवन बाहिर पत्रकारहरूसँग कुरा गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो तेस्रो कार्यकालको पहिलो बजेट आउने लागेको बताएका छन् ।

मोदीले बेलायती उपनिवेशबाट भारत स्वतन्त्र भएको १०० वर्ष अर्थात् सन् २०४७ सम्म देशलाई विकसित हैसियतमा पुर्‍याउने सङ्कल्प पूरा गर्नेगरी बजेट ल्याइने बताए ।

राष्ट्रपति मूर्मूले मोदी सरकारले एक देश एक चुनाव र वक्फ बोर्ड जस्ता मामिलामा ठूलो कदम उठाएको बताएकी छिन् । साथै, सरकारले एक दशकमा विकसित भारत बनाउने लक्ष्यमा नयाँ ऊर्जा दिएको दाबी गरेकी छिन् ।

संसद् बैठक सुरु हुनासाथ सत्तापक्ष र प्रतिपक्षीबीच वाद–प्रतिवाद भएको छ । यो रस्साकस्सीले भारतको बजेट सत्रमा अनेक चर्काचर्की हुने आकलन छ ।

केरलको वायनाडाकी लोकसभा सांसद् एवम् कांग्रेस नेतृ प्रियङ्का गान्धीले प्रधानमन्त्री मोदीमाथि निशाना साँधिसकेकी छिन् । मोदीले जनताको मुद्दामा कुरा गर्न र जवाफ दिनै नचाहेको बताइन् ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  १ : २४ बजे

रिहाई प्रक्रियाका लागि रुपन्देही जाँदै रवि (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाई प्रक्रियाका लागि

दुनैमा भौतिक पूर्वाधार विकास गर्न १६ करोड बजेट

काँक्रेविहार– डोल्पा सदरमुकाम दुनैलाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार विकासको तयारी

रवि छुट्ने भएपछि निकिता लेख्छिन् – बेइमानको रजगजमा नखाएको विष लाग्ने रहेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने रिहा

रास्वपाको महत्वपूर्ण चार बुँदे सूचनामा के छ ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘पार्टी एकीकरण प्रक्रियाबाट जोडिएका

भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

भोजपुर– जिल्लामा लगाइएको हिउँदे आलुखेतीमा डढुवा रोगको सङ्क्रमण देखिएको छ