कार्यावस्था समिति बैठकमा कांग्रेस र माओवादीबीच नोंकझोक | Khabarhub Khabarhub

कार्यावस्था समिति बैठकमा कांग्रेस र माओवादीबीच नोंकझोक


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संसद् बैठक बोलाउन छाडेर अध्यादेश ल्याएकोमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ ।

सभामुख देवराज घिमिरेले बोलाएको कार्यावस्था बैठकमा प्रतिपक्षी माओवादीले कांग्रेस प्रति आक्रामक भएको हो ।

‘अब अध्यादेशबाट नै सरकार चलाउने हो भनेर ठुला दलका प्रमुख सचेतकले भने पछि मैले आपत्ति जनाए’ माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘त्यसपछि मैले प्रतिप्रश्न गरे, यस अघि संसद् विघटन भएको हो, ६ वटा अध्यादेशबाट ल्याएर सरकार चलाउँछु भने पछि मैले आपत्ति जनाए ।’ 

उनका अनुसार अध्यादेशका विषयवस्तु महत्त्वपूर्ण भएकाले माघ १८ गते देखी सुरु हुने संसद् बैठकमा प्रश्न उठाउने पनि उनले जनाए  ।

उनका अनुसार खास गरेर अध्यादेश मध्य पनि आर्थिक कार्यबिधी र उत्तरदायित्व बिधेयक संसदमा छलफलको क्रममा रहेको बेला सोही बिधेयकलाइ पनि अध्यादेशमार्फत ल्याउँदा नियम अनुसार, प्रचलन अनुसार, संबिधान अनुसार नमिलेको तर्क पार्टीले राखेको उनले जनाए ।

सरकारले हालै ल्याएको ६ वटा अध्यादेशका बारेमा गत माघ ४ गते प्रतिपक्षमा रहेका ७ दलले संयुक्त रूपमा धारणा राखेको उल्लेख गर्दै माघ १८ गते देखी सुरु हुने बैठकमा पनि प्रश्न गरिने तयारी भएको बैठक पछि उनले जनाएका छन ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  २ : ५७ बजे

नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भएको

नेपालका बलरसामु निरीह नेदरल्याण्ड्स, गुमायो छैठौँ विकेट

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भइरहेको

ललितले लिए नेदरल्याण्ड्सको पाँचौँ विकेट

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भइरहेको

कोलम्बियामा सात विस्फोट, एक जनाको मृत्यु

एजेन्सी – कोलम्बियाको दक्षिणपश्चिम क्षेत्रमा आज मंगलबार भएका श्रृंखलाबद्ध विस्फोटहरूले

चार विकेट गुमाएर नेदरल्याण्ड्सले जोड्यो ११६ रन

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भइरहेको