चिनियाँ विदेशमन्त्री वाङ काठमाडौंमा « Khabarhub

चिनियाँ विदेशमन्त्री वाङ काठमाडौंमा


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनका विदेशमन्त्री वाङ यी तीनदिने औपचारिक भ्रमणका क्रममा आइतबार साँझ काठमाडौं आइपुगेका छन् । वाङलाई विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले स्वागत गरेका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा १९ सदस्यीय टोलीको नेतृत्व गर्दै वाङ नेपाल आएका हुन् । उनको भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिनफिङको सम्भावित नेपाल भ्रमणको पूर्वतयारीका रुपमा हेरिएको छ । पाकिस्तानको भ्रमणबाट वाङ काठमाडौं आएका हुन् ।

नेपाल भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित शीर्ष नेताहरुलाई भेट गर्ने कार्यक्रम रहेको छ ।

विदेशमन्त्री वाङलाई सोल्टी होटलमा बस्ने व्यवस्था मिलाइएको छ । आइतबार उनको कुनै भेटघाटको कार्यक्रम रहेको छैन ।

सोल्टी होटलमा नै विदेशमन्त्रि वाङलाई परराष्ट्र मन्त्रालयका अधिकारी र चिनियाँ दूतावासले औपचारिक कार्यक्रमबारे जानकारी गराउने छन् ।

सोमबार दिउँसो ३: ३० बजे होटल याक एण्ड यतीमा नेपाल चीन बार्ता हुनेछ । केहि सम्झौता र समझदारी पत्रमा हस्ताक्षर पनि हुने कार्यक्रम छ ।

सोमबार साँझ ५ बजेदेखि ५: ४५ बजेसम्म विदेशमन्त्रि वाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिष्टाचार भेट गर्ने कार्यक्रम छ। भेटघाटको कार्यक्रम बालुवाटारमा हुनेछ ।

सोमबार साँझ ६ बजेपछि विदेशमन्त्री वाङको टोली राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितल निवासमा शिष्टाचार भेटवार्ता गर्नेछ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समकक्षी यीको सम्मानमा सोमबार साँझ रात्रिभोजको आयोजना गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। रात्रिभोजमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू, दुवैतर्फका कूटनीतिक नियोगका प्रमुखहरूसहितका अधिकारी सहभागी हुनेछन् ।

भदौं २४ गते, मंगलबार ९:०० बजे वाङको टोलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेट्ने कार्यक्रम तय भएको छ । मंगलबार नै विदेशमन्त्री वाङको टोलीले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउबालाई निवाशमा भेट्ने कार्यक्रम छ । भेटको समय ११:०० बजेको लागि मिलाइएको छ।

यस बाहेक विदेशमन्त्री वाङले केही राजनीतिक विश्लेषक र उद्योगी व्यबसायीसँग होटल सोल्टीमा भेटघाट गर्ने कार्यक्रम रहेको छ।

विदेशमन्त्री वाङको प्रतिनिधिमण्डलमा चीनको विदेश मन्त्रालयका उपविदेशमन्त्री लु झाओहुइ, चाइना अन्तर्राष्ट्रिय डेभलपमेन्ट कोअपरेशन एजेन्सीका उपाध्यक्ष देङ बोकिङ तथा नेपालका लागि चिनियाँ राजदूत मिसेस होउ याङछी लगायत रहेका छन् ।

विदेशमन्त्री वाङको टोली मंगलबार १ बजे चीन फर्कने छ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ६ : १३ बजे

आइसीसी टि–२० विश्वकप : अमेरिकालाई हराउँदै भारतको विजयी सुरुवात

काठमाडौं – आइसीसी टि–२० विश्वकप २०२६ मा भारतले विजयी सुरुवात

सुर्खेतबाट ‘खतरनाक खोपडी’ समूहका २५ पक्राउ

कर्णाली – सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा कालो झण्डासहित मोटरसाइकल र्‍याली निकाल्ने

सर्लाहीमा लक्ष्यभन्दा बढी बालबालिकालाई दादुरा विरुद्धको खोप

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले सर्लाहीको मङ्गलवा नगरपालिकामा लक्ष्यभन्दा

गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील सूचीमा

गुल्मी – यहाँका ४८ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन्

निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण छः गृहमन्त्री अर्याल

नुवाकोट – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने