चन्द्रमामा भेटियो चन्द्रयान–२ को ‘विक्रम’ ल्याण्डरको लोकेशन « Khabarhub

चन्द्रमामा भेटियो चन्द्रयान–२ को ‘विक्रम’ ल्याण्डरको लोकेशन


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतले चन्द्र अभियानअन्तर्गत चन्द्रमामा पठाएको चन्द्रयान–२ को ल्याण्डर विक्रम चन्द्र सतहमा बेपत्ता भएको स्थान पत्ता लागेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का प्रमुख डा. के सिवनले आइतबार चन्द्रमामा विक्रम ल्याण्डरको स्थान पत्ता लागेको बताएका हुन् ।

चन्द्रमाको परिक्रममा गरिरहेको अर्बिटरले ल्याण्डर विक्रमको केही तस्वीर (थर्मल इमेज) पठाएको इसरो प्रमुख सिवनले जानकारी दिएका छन् । पछिल्लो जानकारी आएसँगै विक्रमसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको छ ।

सेप्टेम्बर ७ तारिखमा चन्द्रयान–२ को ल्याण्डर विक्रम चन्द्र सतहमा अवतरण गर्ने क्रममा चन्द्रमा नजिक पुगेको अवस्थामा एकाएक सम्पर्कविहीन भएको थियो ।

सफ्ट ल्याडिङ गरिरहेको ल्याण्डर विक्रमसँगको सम्पर्क टुटेपछि भारतको महत्वकांक्षी चन्द्र अभियानमा ठूलो धक्का लागेको थियो । अर्बिटरले पठाएको तस्वीरबाट चन्द्र सतहमा ल्याण्डर विक्रमको हार्ड ल्यान्डिङ भएको हुन सक्ने अनुमान गरिएको छ ।

अर्बिटरमा रहेको क्यामेरामार्फत ल्याण्डर विक्रम भित्र प्रज्ञान रोबर रहेको पनि पुष्टि भएको छ । हार्ड ल्यान्डिङका कारण ल्याण्डर विक्रममा क्षति पुगे नपुगेकोबारे भने अझै स्पष्ट हुन सकेको छैन ।

आगामी १४ दिनसम्म विक्रमसँग सम्पर्क स्थापित गर्ने प्रयास जारी रहने इसरोले जनाएको छ । अन्तिम चरणमा ल्याण्डर विक्रमसँग सम्पर्क मात्र टुटेको हुँदा अझै पनि झिनो आशा भने वैज्ञानिकहरुमा जीवितै रहेको छ ।

ल्याण्डर विक्रमले काम नगरेको खण्डमा पनि अर्बिटरले भने आगामी एक वर्षसम्म चन्द्रमाको परिक्रममा गर्दै विभिन्न अनुसन्धान गर्ने छ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ६ : ३५ बजे

अविश्वासको प्रस्तावदेखि राजीनामासम्म : कसरी हट्न सक्छन् जियानी इन्फान्टिनो ?

लन्डन – अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनो

पुराणको रकमबाट घाट निर्माण

झापा– बिर्तामोड नगरपालिका–८ स्थित देउनिया खोलामा स्थानीयवासीको सक्रियता र पुराणबाट

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न

जनकपुरधाम– मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको

किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्‍याउन ओलीको आह्वान

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

काँकडभिट्टाबाट एक वर्षमा साढे २४ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– काँकडभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्ब ५० करोड ६७