चन्द्रमामा भेटियो चन्द्रयान–२ को 'विक्रम' ल्याण्डरको लोकेशन | Khabarhub Khabarhub

चन्द्रमामा भेटियो चन्द्रयान–२ को ‘विक्रम’ ल्याण्डरको लोकेशन


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतले चन्द्र अभियानअन्तर्गत चन्द्रमामा पठाएको चन्द्रयान–२ को ल्याण्डर विक्रम चन्द्र सतहमा बेपत्ता भएको स्थान पत्ता लागेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का प्रमुख डा. के सिवनले आइतबार चन्द्रमामा विक्रम ल्याण्डरको स्थान पत्ता लागेको बताएका हुन् ।

चन्द्रमाको परिक्रममा गरिरहेको अर्बिटरले ल्याण्डर विक्रमको केही तस्वीर (थर्मल इमेज) पठाएको इसरो प्रमुख सिवनले जानकारी दिएका छन् । पछिल्लो जानकारी आएसँगै विक्रमसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको छ ।

सेप्टेम्बर ७ तारिखमा चन्द्रयान–२ को ल्याण्डर विक्रम चन्द्र सतहमा अवतरण गर्ने क्रममा चन्द्रमा नजिक पुगेको अवस्थामा एकाएक सम्पर्कविहीन भएको थियो ।

सफ्ट ल्याडिङ गरिरहेको ल्याण्डर विक्रमसँगको सम्पर्क टुटेपछि भारतको महत्वकांक्षी चन्द्र अभियानमा ठूलो धक्का लागेको थियो । अर्बिटरले पठाएको तस्वीरबाट चन्द्र सतहमा ल्याण्डर विक्रमको हार्ड ल्यान्डिङ भएको हुन सक्ने अनुमान गरिएको छ ।

अर्बिटरमा रहेको क्यामेरामार्फत ल्याण्डर विक्रम भित्र प्रज्ञान रोबर रहेको पनि पुष्टि भएको छ । हार्ड ल्यान्डिङका कारण ल्याण्डर विक्रममा क्षति पुगे नपुगेकोबारे भने अझै स्पष्ट हुन सकेको छैन ।

आगामी १४ दिनसम्म विक्रमसँग सम्पर्क स्थापित गर्ने प्रयास जारी रहने इसरोले जनाएको छ । अन्तिम चरणमा ल्याण्डर विक्रमसँग सम्पर्क मात्र टुटेको हुँदा अझै पनि झिनो आशा भने वैज्ञानिकहरुमा जीवितै रहेको छ ।

ल्याण्डर विक्रमले काम नगरेको खण्डमा पनि अर्बिटरले भने आगामी एक वर्षसम्म चन्द्रमाको परिक्रममा गर्दै विभिन्न अनुसन्धान गर्ने छ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ६ : ३५ बजे

‘फुटबल खेलले नेपाली समाजमा एकताको सन्देश फैलाइरहेको छ’

धरान– नेपाल कांग्रेसका नेता एवं युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले

पर्यटन प्रवर्द्धनका लागि मर्स्याङ्दीमा जलविहार

दमौली– नेपाल पत्रकार महासङ्घ तनहुँको आयोजना र भानु नगरपालिकाको सहयोगमा

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं– काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-९ राडरस्थित सडकमा ट्रकको ठक्करबाट मोटरसाइकल

बाजुरा एमालेको घोषणा : विचारमा स्वस्थ प्रतिस्पर्धा, विकासमा वृहत एकता 

धनगढी – नेकपा एमाले बाजुराले जिल्लाको परिचय बदल्ने अभियान सञ्चालनको

परराष्ट्रमन्त्री डा. राणासँग बिमस्टेकका महासचिवको भेट 

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक