समाजवादी मोर्चाले काठमाडौंमा आमसभा गर्ने, संयोजकमा विप्लव निरन्तर « Khabarhub

समाजवादी मोर्चाले काठमाडौंमा आमसभा गर्ने, संयोजकमा विप्लव निरन्तर


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चाले यही माघ २४ गते काठमाडौंमा बृहत् आमसभा गर्ने भएको छ।

नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै बैठकले आगामी चैत पहिलो साता मधेश प्रदेशमा आमसभा गर्ने निर्णय पनि गरेको छ । उक्त सभा सञ्चालनकोर्ने जिम्मा महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीलाई दिइएको छ ।

यो बैठकले विचार मिल्ने अन्य पार्टीलाई मोर्चामा ल्याउन अधिकतम् पहल गर्ने निर्णय पनि गरेको छ । आजको बैठकले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई नै संयोजकमा निरन्तरता दिएको छ ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेसपा अध्यक्ष महिन्द्रराय यादव लगायत नेताहरू सहभागी थिए ।

यसअघि मोर्चाको सदस्य घटक उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल मोर्चाबाट बाहिरिएको छ । ०८२ वैशाखमा पार्टी फुटाइदिएपछि यादवले मोर्चा छोडेका थिए । माओवादी प्रचण्ड प्रधानमन्त्री हुँदा जसपा विभाजन गरिदिएपछि उपेन्द्र रिसाएर मोर्चा छाडेका छन् ।

यसअघि मोर्चाले मंगलबार मात्रै काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा विचार गोष्ठी गरेको थियो। मोर्चाले वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति र समाजवादी मोर्चा नेपालको कार्यभार विषयमा गोष्ठी गरेको हो ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ६ : १० बजे

निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी