संसदमै कांग्रेस सांसद कँडेलले उठाए हिन्दूराज्यको पक्षमा आवाज « Khabarhub

संसदमै कांग्रेस सांसद कँडेलले उठाए हिन्दूराज्यको पक्षमा आवाज


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद देवेन्द्र राज कँडेलले गौहत्या नगरोकिने हो भने संसद र सडकबाट सनातन हिन्दू राज्यको पक्षमा आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा पूर्व गृहराज्यमन्त्रीसमेत रहेका सांसद कँडेलले सनातन हिन्दू राज्यको पक्ष र विपक्षमा जनमत संग्रहको माग लिएर आन्दोलनमा जानुपर्ने अवस्था आएको बताएका हुन्।

उनले नियतवश गौहत्या बढेको बताए । कँडेलले गौहत्यामा सजाय कम रहेको भन्दै आपत्ति जनाए । गैंडा, बाघ जस्ता जनावरको हत्या गर्नेलाई ५ वर्षदेखि १५ वर्षसम्म सजाय तोकिएकोमा गौहत्यामा विभेद कायम रहेको बताए ।

कँडेलले देशका सबै हिन्दू र ओमकार परिवारले हिन्दू राज्य र संविधान परिवर्तनका लागि आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको बताए ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ७ : २१ बजे

शाहरूख खानको ‘किङ्ग’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– बलिउडका सुपरस्टार शाहरूख खानको नयाँ एक्शन–थ्रिलर फिल्म ‘किङ्ग’ दर्शकहरूबीच

एमाले अध्यक्ष ओलीकै शैलीमा कांग्रेस नेताको टिप्पणी, ‘विध्वंस मच्चाएर देश खरानी पार्नेहरू बालेन र सुदन’

काठमाडौं- नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले भदौ २३ र २४

शकिबको पुनरागमन खुला

ढाका- बङ्गलादेश क्रिकेट बोर्डका अधिकारीहरूले पूर्वकप्तान तथा स्टार अलराउन्डर शकिब

‘पूर्णबहादुरको सारङ्गी’ टिमका तीन कीर्तिमानीको सहकार्य ‘सिन्दुरे’मा हुँदै

काठमाडौं – नायक विजय बराल र नायिका अञ्जना बराइलीको कीर्तिमानी