रुसी ड्रोन आक्रमणबाट चार युक्रेनीको मृत्यु | Khabarhub Khabarhub

रुसी ड्रोन आक्रमणबाट चार युक्रेनीको मृत्यु


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युक्रेनको पूर्वी शहर सुमीमा सोभियत कालीन आवासीय ब्लकमा युक्रेनका विभिन्न शहरलाई लक्षित गरी गरिएको रुसी ड्रोनले लाग्दा कम्तीमा चार जनाको मृत्यु भएको युक्रेनी गृह मन्त्रालयले जनाएको छ ।

रूसले सन् २०२२ को सुरुमा युक्रेनमा आक्रमण गरेयता दैनिक जसो दर्जनौँ ड्रोन वा क्षेप्यास्त्रले युक्रेनी भूगोलमा गाउँ र सहरमा रहेका बस्तीका साथै महत्त्वपूर्ण भौतिक संरचनालाई लक्षित गर्दै आएको छ ।

आपत्कालीन सेवाहरूले वितरण गरेको तस्बिरमा भवनको छेउमा एउटा प्वाल परेको र उद्धारकर्मीहरूले जीवित व्यक्तिहरूको खोजी गर्दै भवनको भग्नावशेष खनेको देखाइएको छ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो एक भयानक त्रासदी र भयानक रूसी अपराध हो।’ उनले अगाडि भने, ‘विश्वले यस आतंकको विरूद्धमा रूसलाई दबाब दिन नरोकोस् । यो अति आवश्यक छ ।’

युक्रेनका मानव अधिकार आयुक्त दिमित्रो लुबिनेट्सले सुमीमा चार जनाको मृत्यु हुनुका साथै एक बालकसहित नौ जना घाइते भएको बताएका छन् ।

यो शहर रूसी हवाई आक्रमणमा नियमित रूपमा लक्षित गरिएको उत्तरपूर्वी युक्रेनमा रुसको सीमामा अवस्थित छ । युद्ध अघि त्यहाँ दुई लाख ५५ हजार ६७२ मानिसहरू बस्थे।

युक्रेनी वायु सेनाका अनुसार मस्कोले ८१ वटा ड्रोनले आक्रमण गरेको र इरानी ड्रोनजस्तै नमूनाको शाहेद पनि रहेको थियो । उनीहरूको एयर डिफेन्स एकाईले सुमी र राजधानी किएभ नजिकैका विभिन्न क्षेत्रमा रहेका ३७ वटा ड्रोन खसालेको थियो ।

‘ब्ल्याक सी’मा रहेको ओडेसाको दक्षिणी क्षेत्रमा रुसी ड्रोनले युक्रेनको महत्त्वपूर्ण निर्यात केन्द्रमध्ये एक इजमेल बन्दरगाह शहरलाई निशाना बनाएको अधिकारीहरूले बताएका छन्।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ४ : १९ बजे

नेतन्याहूको भाषण बहिष्कार गरेर राष्ट्र संघ महासभाबाट बाहिरिए दर्जनौँ देशका प्रतिनिधि

न्यूयोर्क- शुक्रबार संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले विश्व

जेनजी प्रदर्शनका क्रममा काठमाडौं महानगरमा ६३ लाखको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका

सुर्खेतमा खोलाले बगाउँदा दिदीबहिनीको मृत्यु

सुर्खेत – पौडी खेल्ने क्रममा खोलाले बगाउँदा जाजरकोटमा एकै घरका

प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

सिरहा – लागुऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय मिर्चैया,

दसैँ बिदामा कृष्णपुर स्वास्थ्यचौकीमा २४सै घण्टा आकस्मिक स्वास्थ्य सेवा

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर स्वास्थ्यचौकीमा दसैँको सार्वजनिक बिदामा पनि २४