हमासले ४८२ दिनपछि छाड्यो तीन इजरायली र पाँच थाई नागरिक | Khabarhub Khabarhub

हमासले ४८२ दिनपछि छाड्यो तीन इजरायली र पाँच थाई नागरिक


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

गाजा – प्यालेस्टाइनको विद्रोही समूह हमासले बिहीबार थप बन्दीलाई छाडेको छ । हमासले गाजा क्षेत्रमा आयोजित एक कार्यक्रमबीच इजरायलका तीन र थाइल्यान्डका पाँच नागरिकलाई छाडेको हो ।

हमासले ४८२ दिन आफ्नो कब्जामा राखेपछि इजरायलका २९ वर्षीया अर्बेल एह्युद, ८० वर्षीय गदी मोसेस र २० वर्षीय अगम बर्गेरलाई बिहीबार रिहा गरेको हो ।

उनीहरूसँगै ५ जना थाई नागरिकलाई पनि हमासले रिहा गरेको छ। एक भिडियोमा २९ वर्षीया अर्बेल एह्युदलाई हमासका लडाकुले डोर्‍याएर रेडक्रसको गाडीतिर लाँदै गरेको देखिएको छ । खुट्टा खोच्याइरहेकी उनलाई हमासका लडाकुले स-सम्मान गाडीतर्फ डोर्‍याएको भिडियो अहिले भाइरल भएको छ।

हमासले गाजा स्ट्रिपबाट अन्तर्राष्ट्रिय रेडक्रसलाई जिम्मा लगाइएका उनीहरूलाई इजरायली सेनाले हेलिकप्टरमा हालेर लगेको छ ।

यी बन्दीलाई रिहा गर्दा हमासका सयौँ लडाकु र प्यालेस्टाइनका नागरिक गाजा स्ट्रिपमा जम्मा भएका थिए ।

यता २०२३ अक्टोबर ७ मा उनीहरूसँगै लगिएका नेपाली युवा विपिन जोशीको अवस्था अझै एकीन भएको छैन । जेरूसेलम पोस्टले विपिनसहित अन्य विदेशी नागरिक हमासको कब्जामा रहेको बताए पनि यसको पुष्टि भएको छैन ।

हमासले विपिनसहितलाई कहिले रिहा गर्छ भन्ने कुरा पनि अझै एकीन भएको छैन । सम्भवत: रिहा गर्ने अर्को सूची सार्वजनिक हुँदा विपिन पर्न सक्ने विश्वास छ ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ६ : ०९ बजे

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरण

दमौली – ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट

संसद्को अर्थ समितिको बैठक बस्दै

काठमाडौं – संघीय संसद् अन्तर्गतको एक समितिको बैठक बस्दै छ

रणवाङ–दरवाङ सडक खण्डमा कालोपत्र सुरू

म्याग्दी– जिल्लाको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (रणवाङ–दरवाङ)खण्ड कालोपत्र

त्रिदेशीय महिला टी-२० : आज नेदरल्याण्ड्स र थाइल्याण्ड भिड्दै, नेपालको खेल शनिबार

काठमाडौं – बिहीबार सुरु भएको त्रिदेशीय महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट

आज देशभरको मौसम सफा रहने 

काठमाडौं – हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी