सरकारी सञ्चार माध्यम समय सापेक्ष परिष्कृत गर्नुपर्छ : मन्त्री गुरुङ « Khabarhub

सरकारी सञ्चार माध्यम समय सापेक्ष परिष्कृत गर्नुपर्छ : मन्त्री गुरुङ


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारी सञ्चार माध्यम समय सापेक्ष परिष्कृत गर्नुपर्ने बताएका छन् ।

नेपाल टेलिभिजनको ४०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सञ्चार मन्त्री गुरुङले जनताले सही सूचना पाए मात्र राष्ट्रिय एकता बलियो हुने बताए । 

उनले सार्वजनिक सेवा प्रसारण संस्था (पीएसबी) ले जनताको हितका लागि भूमिका निर्वाह गर्नुपर्ने बताए। पीएसबी कार्यान्वयन गर्न मन्त्रालयले नीतिगत र बजेटको व्यवस्था गर्ने उल्लेख गर्दै उहाँले यसका लागि कर्मचारीले कामको दायित्व बोध गर्नुपर्नेमा जोड दिए । 

‘तपाईँहरू काममा ध्यान दिनुहोस्, नीतिगत संरचना र बजेटको व्यवस्था गर्ने काम म गर्छु’, सञ्चार मन्त्री गुरुङले भने, ‘जनतालाई सहि र तथ्यगत सूचना दिनुहोस् ।’

पीएसबीको प्रभावकारीताका लागि आवश्यक बजेट, नीति र स्रोत जुटाउने उनले उल्लेख गरे । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले नेपाल टेलिभिजन र रेडियो नेपाल गौरवमय इतिहास बोकेका सरकारी सञ्चार माध्यम भए पनि समय सापेक्ष परिष्कृत गर्नुपर्नेमा जोड दिए । 

त्यसै अनुरूप पीएसबी मोडल आएको र यसको भरपुर प्रयोग गरेर जनताको घर घरमा सूचना सेवा पुग्न सके मात्रै यसको सार्थकता साबित हुने बताए । 

‘तीन तहको सरकारबीचको अन्तरसम्बन्ध तथा यर्थाथ सूचना दिई जनतालाई जागरूक गराउनु पीएसबीको मुख्य दायित्व हो’, मन्त्री गुरुङले भने।  

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ७ : २३ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट