आज २०८१ साल माघ १८ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८१ साल माघ १८ गते शुक्रबारको राशिफल


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल माघ १८ गते शुक्रबार माघ शुक्ल पक्षको द्वितीया तिथि। तदनुसार सन् २०२५ जनवरी ३१ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सुखद् रहेको छ। आज व्यापारबाट लाभ हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। तपाईंको काममा विपक्षीलेसमेत साथ दिनेछन्। शिक्षाको क्षेत्रमा गरेको प्रयासमा ढिलासुस्ती हुनेछ।

वृष : भाग्य राम्रो छ। थोरै लगानी गरे पनि आम्दानी राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। अध्ययनमा जाँगर चल्नेछ। साथीभाइ र बन्धुसँगको सहकार्यले फाइदा मिल्नेछ। विदेशमा गरेको लगानीबाट नाफा हुनेछ।

मिथुन : बोली र व्यवहारमा एकरुपता देखाउनु उचित हुनेछ। साना कुराले मनमा झन्झट बढ्नेछ। शास्त्रको अध्ययन गरेमा दिन सहज बन्नेछ। धार्मिक अभियन्तासँगको भेटले मन शान्त बन्नेछ।

कर्कट : दिन सामान्य छ। रोगसँग लड्ने क्षमता बढ्नेछ। आफ्ना साथीले भने साथ नदिएर हैरान पार्ने जोखिम रहेको छ। व्यापारमा घाटा हुनेछ। राज्यको तर्फबाट भने महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ।

सिंह : व्यापारमा फाइदा हुनेछ। शिक्षामा भएको ढिलासुस्तीले सताउने छ। राजनीतिमा ठगले सताउने भएकाले सचेत बन्नुपर्नेछ। परिवारको तर्फबाट भने सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : दिन सामान्य छ। शिक्षा र स्वास्थ्यमा गरेको प्रयास सफल हुनेछ। विपक्षीले तपाईंको निन्दा गर्नेछन्। परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्धमा सुधार हुनेछ।

तुला : तपाईंको कला र गलाको प्रसंसा हुनेछ। अरुलाई समय दिएर स्वास्थ्यको ख्याल नगर्दा समस्या बढ्नसक्छ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए सफलता मिल्नेछ। मित्र बढ्ने छन्।

वृश्चिक : धेरै झन्झट देखिने जोखिम छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्धमा सुधार हुने योग छ। दान गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ।

धनु : बोल्दा सचेत बन्नुपर्ने समय छ। बोली गोली जस्तै हुने भएकाले तीन पटक सोचेर बोल्नु उचित हुन्छ। आम्दानीभन्दा खर्च बढ्नेछ। परिवारभित्रका मान्छेले भन्दा बाहिरका व्यक्तिले प्रशंसा गर्नेछन्। उत्तरको यात्रा नगर्नु उचित हुनेछ।

मकर : धनलक्ष्मी योग परेको छ। अन्त्य साढेसाती दशा भए पनि शुभग्रह भएकाले व्यापारमा फाइदा हुनेछ। दाजुभाइसँग सहकार्य गरेर काम गर्नु उचित हुनेछ। परिवारलाई विश्वास गर्दा धोका हुनेछ।

कुम्भ : दिन सामान्य राम्रो छ। लगानी क्षेत्रमा जोखिम भएकाले सचेत बन्नुपर्नेछ। सामाजिक र धार्मिक क्षेत्रमा झुकाब रहनेछ। समय दिन सकेमा सफलता मिल्नेछ। शनिको अवस्था जन्म कुण्डलीमा हेरेर कामको सुरुवात गर्नु उचित हुनेछ।

मीन : आफ्नै राशिमा उदयमान शुक्र पुगेका छन्। बोलीलाई परोपकारमा प्रयोग गर्नु उचित हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ५ : ०२ बजे

रवि लामिछानेले लिए रास्वपा सभापतिको सपथ (तस्बिरहरू)

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि

समूह चरणको ‘मेन इभेन्ट’ : एम्बाप्पे र हालान्ड आमनेसामने

काठमाडौं – विश्वकप समूह चरणको खेलमा मध्यराति पौने एक बजेमा

तोसिमालाई हराउँदै सोबिता बनिन् रास्वपा उपसभापति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा महिला उपसभापति

रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान

कीएभ- युक्रेन र रूसले शुक्रबार १६० जना युद्धबन्दी सैनिकहरूको आदान–प्रदान