एसिड आक्रमणबाट घाइते खातुनको उपचारमा कमी हुन नदिन मन्त्री यादवको निर्देशन « Khabarhub

एसिड आक्रमणबाट घाइते खातुनको उपचारमा कमी हुन नदिन मन्त्री यादवको निर्देशन


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले एसिड आक्रमणबाट पीडित भई उपचाररत मुस्कान खातुनलाई भेटेर दोषीलाई कडा कारवाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

कीर्तिपुरस्थित नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टरको आइसियुमा रहेकी पर्साकी खातुनलाई भेट्न पुगेका मन्त्री यादवले उपचारमा कुनै कमी हुन नदिन अस्पताललाई निर्देशन दिए ।

उक्त घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै यस्ता खालका अपराधमा सङ्लग्नलाई हदैसम्मको कारवाही गरिने मन्त्री यादवले बताए । उनले घटनालाई जोडेर कुनै क्षेत्र विशेषलाई बदनाम नगराउन आग्रहसमेत गरे ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का प्रदेश नं २ का अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रभु साहले पनि दोषीलाई कानून बमोजिम कडा कारवाही गरी यस्ता घटना रोक्नका लागि पहल गरिने विश्वास व्यक्त गरे ।

रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च मावि कक्षा ९ मा अध्ययनरत वीरगञ्ज–१३ श्रीपुर निवासी १५ वर्षीया खातुनमाथि गत शुक्रबार एसिड प्रहार भएको हो । खातुनको अनुहार, हात र शरीरका केही भाग एसिडले जलेका छन् ।

वीरगञ्ज महानगरपालिका–३ छपकैया निवासी खातुन माथि एसिड प्रहार गरेको अभियोगमा पक्राउ परेका युवालाई हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालतले आज पाँच दिनको म्याद दिएको छ ।

प्रहरीले अनुसन्धानका लागि १० दिन म्याद थपको माग गरे पनि अदालतले पहिलो पटकका लागि पाँच दिन म्याद दिएको हो ।

गत शुक्रबार बिहान विद्यालय जानेक्रममा खातुनमाथि एसिड प्रहार गरेको अभियोगमा प्रहरीले सोही दिन वडा नं २ निवासी समसाद मियाँ र बाराको फेटाफुलवरीया घर भई हाल छपकैयामा बस्दै आएका मजिद आलमलाई शनिबार पक्राउ गरेको थियो ।

पक्राउ परेका अभियुक्तलाई अदालतमा उपस्थित गराई ज्यान मार्ने उद्योग र फौजदारी कार्यविधिको ‘कुरुप बनाउने कसुर’ मुद्दामा अनुसन्धान गर्न सो म्याद दिइएको जिल्ला अदालतका से्रस्तादार कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

एसिड प्रहारबाट गम्भीर घाइते मुस्कानलाई उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा मुस्कानको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि थप उपचारका लागि काठमाडौँ सिफारिस गरिएको थियो । पीडितको उपचारका लागि प्रदेश नं २ सरकारले रु पाँच लाख सहयोग गरेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ८ : २५ बजे

विश्वकप लिग-२ : कीर्तिपुरमा भिड्दै अमेरिका र स्कटल्यान्ड

काठमाडौँ – विश्वकप लिग–२ मा बुधबार तालिकाको शीर्ष स्थानका अमेरिका

म्याग्दीको बिम गाउँमा पक्की पदमार्ग

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिमको तल्लो र डाँडागाउँको पदमार्गलाई पक्की

हुम्लामा पहिरोले घर गोठ बगायो

हुम्ला – हुम्लाको चंखेली गाउँपालिका–५ मा भीषण असिनापानीपछि आएको पहिरोले

सशस्त्रका डीआईजी अञ्जनी पोखरेल एआईजीमा बढुवा सिफारिस

काठमाडौँ– सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनी कुमार पोखरेलको

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।