कांग्रेस जिल्ला सभापति र उपसभापति पोखरामा भेला हुँदै « Khabarhub

कांग्रेस जिल्ला सभापति र उपसभापति पोखरामा भेला हुँदै


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका ७७ जिल्लाका सभापति र उपसभापतिहरू पोखरामा भेला हुँदै छन् ।

पर्यटकीय नगरी पोखरामा माघ २२–२३ गते हुने प्रशिक्षण कार्यक्रममा उनीहरू सबै एकै पटक भेला हुन लागेका हुन् ।

पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवं पार्टी कास्कीको व्यवस्थापनमा २२–२३ माघमा पोखरामा प्रशिक्षण कार्यक्रम तय गरिएको छ । 

कास्की जिल्लाका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलका अनुसार सो प्रशिक्षण कार्यक्रममा मुलुकका ७७ वटै जिल्लाका पार्टी जिल्ला सभापतिसँगै जिल्लाको प्रशिक्षण शाखा प्रमुखको जिम्मेवारीसमेत रहेका उपसभापतिहरू सहभागी हुनेछन्।

सो प्रशिक्षण कार्यक्रमलाई कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत नेताहरूले सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ७ : २१ बजे

खाडी मुलुकको आग्रहपछि इरानमाथिको आक्रमण स्थगित गरियो : ट्रम्प

एजेन्सी– कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) को

प्रतिनिधिसभामा आज पनि प्लेकार्ड देखाएर श्रम संस्कृति पार्टीको विरोध (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले आज पनि विरोध जारी

प्रतिनिधिसभा बैठक : जातीय विभेद अन्त्य गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभा सदस्य नीता घतानीले दलित समुदायमाथि हुँदैआएको डेरा खोज्दादेखि

रास्वपा सांसद कृष्णकुमारलाई तत्काल पक्राउ गर्न जेन-जी मुभमेन्ट नेपालको माग

काठमाडौं– जेन-जी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा

एनसेल फाउन्डेसनले १०० विद्यार्थीलाई ‘एसईई छात्रवृत्ति’ दिने

काठमाडौँ – एनसेल फाउन्डेसनले यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई)