इराकी कुरान जलाउने सलवान मोमिकाको गोली हानी हत्या « Khabarhub

इराकी कुरान जलाउने सलवान मोमिकाको गोली हानी हत्या


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इराकी कुरान जलाउने सलवान मोमिकाको स्वीडेनमा हत्या गरिएको छ । 

स्थानीय सञ्चारमाध्यमका अनुसार साल्भान मोमिकालाई गोली हानिएको थियो। गोलीबारीको सूचना पाएपछि स्वीडेनका अधिकारीहरू घटनास्थलमा पुगेका थिए।

मिडिया रिपोर्टका अनुसार सलवानको हत्याको भिडियो सीसीटीभीमा कैद भएको बताइएको छ किनभने यो गोलीबारी हुनु केही समय अघि लाइभ स्ट्रिममा आएको बताइएको छ। मृत्यु हुनेमा ३८ वर्षीय सलवान मोमिका रहेको प्रहरीले पुष्टि गरेको छ ।

मोमिकालाई लगातार इराकी कुरान जलाएकोमा ज्यान मार्ने धम्की आइरहेको थियो । सन् २०२३ को इद उल अजहा (बकर इद) भन्दा ठीक अघि उनले स्वीडेनमा इस्लाम धर्मको पवित्र पुस्तक कुरान जलाएका थिए । यसका लागि उनले अनुमति पनि मागेका थिए र स्थानिय प्रहरीले पनि त्यसका लागि अनुमति दिएको थियो । त्यसपछि उनले कुरान जलाएर विरोध जनाएका थिए ।

इराकका सलवान मोमिका इस्लामिक विचार र विश्वासका आलोचक हुन्। मोमिकाले आफू स्विडेन नाटोमा सामेल हुने विरुद्ध नभई इस्लामको विरोधमा कुरान जलाउन चाहेको बताएका थिए । कुरान जलाउनु अघि उनले भनेका थिए, ‘स्वीडेन उठ, यो लोकतन्त्र हो।’ मोमिकाले कुरान जलाए पछि धेरै मुस्लिम देशहरूले यसको कडा निन्दा गरेकासमेत थिए ।

तर, पछि उनले स्वीडेन छोडेर नर्वेमा शरण लिने योजना बनाइरहेका थिए । किनभने, स्विडेनी सरकारले उनको निवास अनुमति रद्द गरेको थियो। मोमिका स्वीडेन एक इराकी शरणार्थी हुन । स्विडेन छाड्ने विषयमा मोमिकाले स्वीडेनमा अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारको संरक्षण ठूलो झूट भएको बताउँदै आएका थिए ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ७ : ४२ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट