कांग्रेसमा प्रस्ताव- स्थानीय तहको भन्दा पहिले संघीय निर्वाचन गरौँ | Khabarhub Khabarhub

कांग्रेसमा प्रस्ताव- स्थानीय तहको भन्दा पहिले संघीय निर्वाचन गरौँ


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसमा स्थानीय तहको निर्वाचन अगावै संघीय निर्वाचन गर्नुपर्ने माग उठेको छ ।

कांग्रेस संसदीय दलको बैठकमा ०८४ मा हुने संघीय निर्वाचन स्थानीय तह निर्वाचन अगावै गर्नुपर्ने माग उठेको हो ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा शुक्रबार बसेको दलको बैठकमा केही सांसदहरूले यस्तो प्रस्ताव गरेको एक सांसदले जानकारी दिए ।

उनका अनुसार सांसदहरू ईश्वरी न्यौपाने, उदय शमशेर राणा, देवनारायण तिमिल्सिनालगायतले स्थानीय निर्वाचन अघि नै संघीय निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।

शुक्रबार बसेको बैठकमा बोल्ने क्रम जारी रहेपछि माघ २४ गतेका लागि अर्को बैठक बोलाइएको छ ।

‘आज सक्ने गरेर हामीले बोलाएका थियौँ । तर, बोल्ने वक्ता बाँकी भएर बैठक सिध्याउन सकेनौँ,’ बैठकपछि कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भने, ‘अब २४ गते बिहान साढे ८ बजेदेखि पुन बैठक बस्ने छ ।’

घिमिरेका अनुसार दलको बैठकमा कांग्रेसका सांसदहरूले बोल्ने क्रम सकिएको छ । आगामी बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू र पार्टी पदाधिकारी र दलका नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले बोल्ने कार्यसूची छ ।

‘सांसदहरूको बोल्ने क्रम सकिएको छ । अब मन्त्रीहरू, पदाधिकारीहरू र नेताले बोल्ने क्रम बाँकी छ,’ घिमिरेले भने ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  १ : ११ बजे

नियमनका नाममा सामाजिक सञ्जाल नियन्त्रण कांग्रेसले स्वीकार्दैन : विश्वप्रकाश शर्मा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाललाई नियमनको नाममा

अध्यादेशमार्फत् योजना आयोगको भूमिकामा सरकारको अंकुश

काठमाडौं- सरकारले ल्याएको अध्यादेशले बजेट निर्माण प्रक्रियामा राष्ट्रिय योजना आयोगको

संसद्‍मा उठ्यो आईजीपी वसन्त कुँवरमाथि छानबिन हुनुपर्ने माग

काठमाडौं – प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरमाथि छानबिन गर्न प्रतिनिधिसभामा कुरा

आशिका तामाङलाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं– आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको

सञ्चार मन्त्रालयले सार्वजनिक गर्‍यो दोस्रो सय दिनमा गरेका काम

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वर्तमान सरकार गठन भएको