जनताको अभिमत बोकेका राजनीतिक दल साँघुरो गल्लीमा सीमित हुनुहुँदैन : सभामुख | Khabarhub Khabarhub

जनताको अभिमत बोकेका राजनीतिक दल साँघुरो गल्लीमा सीमित हुनुहुँदैन : सभामुख


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सभामुख देवराज घिमिरेले आज (शुक्रबार)देखि सुरु भएको संघीय संसद्को हिउँदे अधिवेशनले कानून निर्माण र जनसरोकारका मुद्दाहरूको सम्बोधनका लागि फलदायी हुने बताएका छन् । 

प्रतिनिधि सभाको पाँचौँ अधिवेशनमा स्वागत गर्दै सभामुख घिमिरेले संसदीय गतिविधिमा सफलताको शुभकामना व्यक्त गरेका हुन् ।

‘प्रतिनिधि सभाको पाँचौँ अधिवेशनमा स्वागत गर्दै माननीयज्यूरूलाई संसदीय गतिविधिमा सफलताको शुभकामना व्यक्त गर्दछु,’ सभामुखले भने, ‘आजदेखि सुरु भएको अधिवेशन कानून निर्माण र जनसरोकारका मुद्दाहरूको सम्बोधन लगायतमा फलदायी हुने विश्वास लिएको छु ।’

संसद्लाई लोकतन्त्रको मन्दिरको रूपमा लिइने भन्दै उनले संसद्मा व्यक्त भएका विचारलाई परिष्कृत गर्दै नीति निर्माणसम्म पुग्ने गरेको बताए ।

‘संसदमा विवाद, छलफल र बहस हुनु नौलो होइन, तर हाम्रा निचोडहरू सहमतिको संगमस्थल बन्नुपर्दछ,’ सभामुखले भने, ‘जनताको अभिमत बोकेका राजनीतिक दलहरू साँघुरो गल्लीमा सीमित नभई, राष्ट्रिय हितको विशाल मार्गमा अघि बढ्नुपर्छ ।’ 

उनले सत्तापक्ष र प्रतिपक्ष दुवैले तर्क र विचारको सम्मानजनक आदानप्रदानबाट संसद्लाई प्रभावकारी बनाउन दायित्व निर्वाह गर्नेमा पनि विश्वस्त व्यक्त गरे ।

‘परस्पर सम्मान, सहकार्य र एकताबाट नै हामीले मुलुकका विद्यमान समस्या निरूपण गर्न र नीति निर्माणका लागि ऐतिहासिक सफलता प्राप्त गर्नेछौँ,’ सभामुखले भने, ‘अतः विगतका असल अभ्यासलाई निरन्तरता दिँदै राष्ट्र र जनताको हितमा काम गर्न हामी सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास लिएको छु ।’

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  १ : २६ बजे

‘एक्टर’ विवाद : निर्माता, निर्देशक समाज र विकास बोर्डमाथि खनिए निश्चल

काठमाडौं- विवाद र कानुनी झमेलापछि प्रदर्शनमा आएको चलचित्र ‘एक्टर टेक

सीजी मोटर्सद्वारा वीरगन्जमा आधिकारिक ब्रान्ड लञ्च 

वीरगन्ज– सीजी मोटर्सले मधेश प्रदेशलाई केन्द्रित गर्दै वीरगन्जमा अत्याधुनिक ब्रान्डको विविध

नियमनका नाममा सामाजिक सञ्जाल नियन्त्रण कांग्रेसले स्वीकार्दैन : विश्वप्रकाश शर्मा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाललाई नियमनको नाममा

अध्यादेशमार्फत् योजना आयोगको भूमिकामा सरकारको अंकुश

काठमाडौं- सरकारले ल्याएको अध्यादेशले बजेट निर्माण प्रक्रियामा राष्ट्रिय योजना आयोगको

संसद्‍मा उठ्यो आईजीपी वसन्त कुँवरमाथि छानबिन हुनुपर्ने माग

काठमाडौं – प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरमाथि छानबिन गर्न प्रतिनिधिसभामा कुरा