रास्वपाको अवरोधबीच सभामुखले पढ्न थाले राष्ट्रपति कार्यालयबाट जारी भएका पत्र « Khabarhub

रास्वपाको अवरोधबीच सभामुखले पढ्न थाले राष्ट्रपति कार्यालयबाट जारी भएका पत्र


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठक शुक्रबार दिउँसो सुरु भएको छ । पहिलो बैठकमा नै रास्वपाले उठेर विरोध जनाएका छन् ।

२५ मिनेटजति उठेर पनि रास्वपा सांसदहरू नबसेपछि सभामुखले बस्न आदेश दिए । तर उनीहरू मानेनन् । त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले पठाएको पत्र सभामुखले पढेर सुनाउन थालेका छन्‌ ।

उनले प्रतिनिधिसभा नियमावलीको दफा १५ को व्यवस्था १ को पढेर सुनाए । त्यसपछि २० को ‘घ’ पनि पढेर सुनाए । तर पनि रास्वपाका सांसदहरू बसेनन् । उनले कार्य व्यवस्था परामर्श समिति बैठकमा पनि रास्वपा सांसदहरूले यो कुराबारे जानकारी नभएको बताए ।

पहिलो बैठक सुरु भएर सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयले पठाएका पत्र पढेर कार्यसूचीमा प्रवेश गर्ने बित्तिकै रास्वपाका सांसदहरूले उठेर विरोध जनाएका हुन् ।

विरोध जनाउनेमा रास्वपाका सांसद छन् । उनीहरूले सरकारले ल्याएका ६ वटा अध्यादेश फिर्ता र सभापति रवि लामिछानेको निलम्बन फुकुवा गर्नुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  १ : ४१ बजे

एनसेल फाउन्डेसनले १०० विद्यार्थीलाई ‘एसईई छात्रवृत्ति’ दिने

काठमाडौँ – एनसेल फाउन्डेसनले यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई)

खानीडाँडा-थामर्खक सडकमा कालोपत्र सुरु

खोटाङ– खानीडाँडा विमानस्थलदेखि–याम्खा–रातमाटा–पञ्चमीबाट दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय हुँदै थामर्खक जोड्ने

देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै चाँगुनारायण

भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिकाले आफ्नो नगरलाई ‘योग नगर’ घोषणा गर्ने

मन्त्रिपरिषद् बैठक आज ४ बजे बस्दै

काठमाडौँ – मङ्गलबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । सरकारका

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

भक्तपुर– नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले दैलेखमा भइरहेको पेट्रोलियम