वाइबडी खरिदमा प्रक्रियागत त्रुटि रहेको संसदीय समितिको निश्कर्ष « Khabarhub

वाइबडी खरिदमा प्रक्रियागत त्रुटि रहेको संसदीय समितिको निश्कर्ष


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल वायु सेवा निगमको वाइडबडी जहाज ए–३३० खरिदमा प्रक्रियागत त्रुटि भएको संसदीय समितिको प्रतिवेदनले जनाएको छ ।

प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले जहाज खरिद सम्बन्धमा अध्ययन गर्न गठन गरेको उपसमितिले करिब १० महिना लगाएर तयार पारेको छानविन प्रतिवेदनले जहाज खरिदमा प्रक्रियागत त्रुटी औंल्याएको हो ।

प्रतिवेदनअनुसार नयाँ जहाज आए पनि त्यसबाट निगमले आगामी दिनमा पाउनुपर्ने लाभहरु भने गुमाउनु परेको छ । समितिले महालेखा परीक्षकको कार्यालयले ल्याएको वाइडवडीसम्बन्धी लेखापरीक्षणलाई समेत अपुरो भनेको छ ।

सार्वजनिक खरिद ऐन–नियमावली अन्तर्राष्ट्रिय स्तरको भए पनि त्यसको परिपालना ठीक ढंगले हुन नसकेका कारण प्रक्रियागत त्रुटि वाइडबडी खरिदमा भेटिएको समितिले उल्लेख गरेको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको ७ मंसिर २०७५ को बैठकले वाइडबडी जहाज खरिद सम्बन्धमा अध्ययन गर्न उपसमिति गठन गरेको थियो । उपसमितिलाई शुरुमा एक महिना दिइएको थियो । तर, उपसमितिले केवल वाइडबडी मात्र नभई अन्य जहाजको समेत खरिद प्रक्रिया केलाएका कारण ४ पटक म्याद थपिएको थियो । अन्तिम पटक २४ चैत २०७५ मा १ महिना थप गरी उपसमितिलाई काम गर्न दिइएको थियो ।

समितिले कसैलाई दोषी किटानी गरेको छैन । समितिले खरिद प्रक्रियामा भएका त्रुटि औल्याएर त्यससम्बन्धमा थप छानविन गर्न सरोकारवाला निकायलाई सिफारिस गरेको छ । ती सिफारिस अनुसार छानविन तथा कारवाही प्रक्रिया अगाडि बढाउनसमेत समितिले निर्देशन दिएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ९ : २० बजे

सचिवमा ओलीको प्यानल नै विजयी

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको सचिव पदमा अध्यक्ष

एमालेको १९ जना पदाधिकारीमध्ये एक मात्र महिला, पद्माले ठाउँ पाउँदा विन्दा र रचना पराजित

काठमाडौं- नेकपा एमालेको १९ जना पदाधिकारीमध्ये एकजना महिला उम्मेदवार मात्र

एमालेका १९ पदाधिकारीमा पोखरेल प्यानलबाट गोकर्ण र योगेश मात्रै विजयी

काठमाडौं- नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान सकिएको

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : पाँच वर्षमा ७० प्रतिशत काम सम्पन्न

म्याग्दी– म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युत्लाई

‘मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छ’

पाटन– उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकको विकासका लागि सरकार र निजी