संविधान संशोधन गर्दा आधारभूत विशेषता कमजोर हुनुहुँदैन : सभापति देउवा « Khabarhub

संविधान संशोधन गर्दा आधारभूत विशेषता कमजोर हुनुहुँदैन : सभापति देउवा


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन गर्दा संविधानका आधारभूत विशेषता कमजोर हुन नहुनेमा जोड दिएका छन् । 

उनले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धासहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशीतालगायतका संविधानका आधारभूत विशेषता कमजोर हुन नहुने जोड दिएका हुन् । 

‘संविधान संशोधनको कुरा गर्दा हामी केही विषयमा स्पष्ट हुन आवश्यक छ,’ प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठक सम्बोधन गर्दै देउवाले भने, ‘संविधान संशोधन गर्दा बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धासहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशीतालगायतका संविधानका आधारभूत विशेषता कमजोर हुनु हुँदैन । 

देउवाले राजनीतिक दलहरूका बीचमा सहमतिका आधारमा संविधान संशोधन गर्नु पर्नेमा जोड दिँदै संविधान संशोधनका लागि आफूहरूले छलफल प्रारम्भ गरी सकेको बताए । ‘हामीले अन्य राजनीतिक दलहरूसँग पनि संवाद, सहमति र सहकार्यका साथ अगाडि बढ्नु पर्दछ,’ उनले भने । 

सभापति देउवाले वर्तमान संविधान प्रारम्भ भएको १० वर्ष भइसकेको भन्दै १० वर्षको अवधिमा संविधानको अभ्यासको समीक्षा गर्ने, संविधान कार्यान्वयनमा देखा परेका सबल र दुर्बल पक्षको अध्ययन र पहिचान गर्ने र आवश्यकताअनुसार संविधान संशोधन वा परिमार्जन गर्नु पर्ने पनि बताए ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ३ : ०६ बजे

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार