माधव नेपालप्रति योगेशको कटाक्ष : जुन पार्टी अध्यादेशबाट जन्मियो, उही अहिले ठिक छैन भन्दैछ « Khabarhub

माधव नेपालप्रति योगेशको कटाक्ष : जुन पार्टी अध्यादेशबाट जन्मियो, उही अहिले ठिक छैन भन्दैछ


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादीप्रति कटाक्ष गरेका छन् ।

अध्यादेशबाट जन्मिएको पार्टी भन्दै उनले त्यही पार्टीले अध्यादेश ठिक छैन भन्दै हिँडेको बताए । ‘२०७८ सालमा १६ वटा अध्यादेश आएका रहेछन्, त्यति बेला त एमाले सरकारमा थिएन, त्यो बेला एमाले पार्टी नै फुटाइयो,’ उनले भने, ‘जुन अध्यादेशबाट पार्टी जन्मियो, त्यही पार्टी अध्यादेश ठिक छैन भन्छ। के हुन लागेको यो अचम्मै हुँदै छ नेपालमा।’

उनले केपी ओलीले मात्रै अध्यादेश ल्याएको पुष्पकमल दाहालको पालामा समेत अध्यादेश आएको स्मरण गरे।

उनले अध्यादेशका प्रावधान रहेको भन्दै उनले सरकारलाई संवैधानिक तरिकाले चलाउन अध्यादेश चाहिने बताए। उनले अध्यादेशका कन्टेन्टमा असहमति भए प्रतिस्थापन विधेयक ल्याउन दाहाललाई सुझाव दिए।

‘प्रतिस्थापन विधेयक तपाईँकै नामबाट आओस्, छलफल गर्न तयार छौँ,’ उनले भने।

सरकारले सुकुम्वासी समस्यादेखि उद्योगी व्यवसायीका समस्या समाधान गर्न अध्यादेश ल्याएको भन्दै आवश्यक छलफल गरेर पारित गर्नुपर्नेमा जोड दिए। उनले सरकारले ल्याएका सबै अध्यादेशको बचाउ गरेका थिए।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ३ : ३० बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक