भूमिसम्बन्धी अध्यादेश र सामाजिक सञ्जाल विधेयक फिर्ता गर्न रास्वपाको माग « Khabarhub

भूमिसम्बन्धी अध्यादेश र सामाजिक सञ्जाल विधेयक फिर्ता गर्न रास्वपाको माग


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले संविधानले नचिनेको संयन्त्रको सल्लाह लिएर सरकारले अध्यादेश ल्याएको दाबी गरेका छन् ।

शुक्रबार संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधनका क्रममा वाग्लेले भूमिसम्बन्धी अध्यादेश अत्यन्त विवादित भएको बताएका छन् । उनले सामाजिक सञ्जालसम्बन्धी विधेयक सरकारले तत्काल फिर्ता लिएर संशोधन गर्नुपर्ने बताए ।

‘नेपालको जाँचबुझ आयोग अनुसार सबै नेताको सम्पत्ति छानबिन होस् । सबै काण्डको छानबिन समिति गठन गर्नुपर्छ । ७ महिनामा सरकार एकै व्यक्तिमाथि खनियो । निर्वाचित अधिनायकत्वतर्फ सरकार गयो । अध्यादेशमा एक दुई कुरा राम्रा छन्’, उनले भने, ‘’राम्रालाई हामी पनि राम्रो भन्छौँ। भूमि सम्बन्धी अध्यादेश अत्यन्त विवादित छ । संविधानले नचिन्ने संयन्त्र बनाएर अध्यादेश ल्याउने काम गरियो । आसेपासेले ऐन बनाउने काम आपत्तिजनक छ । सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता लिएर फेरि संसाधनसहित पेस गर्नुपर्छ ।’

उनले दुई ठूला दलको बलमा बनेको सरकार भए पनि अर्थतन्त्र तंग्रिन नसकेको बताए ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ३ : ५५ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक