काठमाडौं– जनता समाजवादी पार्टी नेपालका सांसद राजकिशोर यादवले नागरिकमा रहेको निराशालाई आशामा बदल्ने गरी संसद्को चालु अधिवेशनबाट आवश्यक विधेयक पारित गर्न सकोस् भन्ने कामना गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा आज आफ्नो दलका तर्फबाट धारणा राख्दै उनले नियमित रूपमा भए गरेका कामलाई उपलब्धिका रूपमा देखाएर सरकारले छुट नपाउने बताए ।
अर्थतन्त्र सुधारका पक्षमा काम गरिएको भनेर प्रधानमन्त्रीका तर्फबाट आज संसद्मा धारणा राखेको उल्लेख गर्दै उनले तद्अनुरुपको काम गर्न आग्रह गरे ।
पाथीभरामा केबलकार निर्माणका क्रममा देखिएको विवादका विषयलाई लिएर स्थानीय प्रशासनले बल प्रयोग गर्दा भएको समस्या सृजनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै उनले घाइतेको निःशुल्क उपचारको प्रबन्ध गर्न माग गरे ।
प्रतिक्रिया