गाई तस्करीको आरोपमा २ जना पक्राउ « Khabarhub

गाई तस्करीको आरोपमा २ जना पक्राउ


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

नुवाकोट- अवैध रुपमा गाई ओसारपसारमा सङ्लग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्लाको विभिन्न स्थानबाट गाई सङ्कलन गरी चीनको केरुङ लैजाने उद्देश्यले रसुवातर्फ लैजाँदै गर्दा गाईसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

बट्टारबाट किस्पाङ गाउँपालिका–३ काउलेका ३६ वर्षीय राज तामाङ र ५४ वर्षीय आइत तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट ११ वटा गाईसमेत नियन्त्रणमा लिएको छ ।

बट्टारमा शनिबार एक गाई खाल्डोमा पुर्न लागेको अवस्थामा नेपाली सेना, प्रहरी र स्थानीयले उद्धार गरेका थिए भने एक गाई मृत फेला परेको थियो ।

प्रहरीले नियन्त्रणमा राखेको गाई काठमाडौँमा रहेको गाई बाच्छा बचाउ तथा समाज विकास अभियान नामक संस्थाको जिम्मामा पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ५ : ४६ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर