संसद्‍मा उठ्यो आईजीपी वसन्त कुँवरमाथि छानबिन हुनुपर्ने माग « Khabarhub

संसद्‍मा उठ्यो आईजीपी वसन्त कुँवरमाथि छानबिन हुनुपर्ने माग


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरमाथि छानबिन गर्न प्रतिनिधिसभामा कुरा उठेको छ।

शुक्रबार सुरू भएको प्रतिनिधिसभाको पाँचौँ अधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रहरी प्रमुखमाथि छानबिन माग गरे ।

‘यही प्रहरी प्रमुखले राज्य व्यवस्था समितिमा आएर रवि लामिछानेमाथि मुद्दा परेको छैन भन्नुभयो, अहिले फेरि उहाँको नेतृत्वमा रवि लामिछानेमाथि मुद्दा चलाउने काम उहाँ मातहतबाटै भयो । त्यसैले उहाँमाथि छानबिन हुनुपर्छ,’ उनले भने।

सहकारी ठगी प्रकरणमा लामिछाने गृहमन्त्री हुँदा कुँवरले राज्य व्यवस्था समितिमा गएर उनीमाथि कुनै प्रमाण नभेटिएको बताएका थिए।

लामिछाने गृहबाट हटेपछि यिनै महानिरीक्षक कुँवर मातहतले लामिछानेमाथि प्रमाण खोजेर मुद्दा चलाइरहेको छ।

लिङ्देनले लामिछानेको सम्पत्ति छानबिन गरेर भने सरकारले ठिक गरेको बताए। ‘सबैको सम्पत्ति छानबिन गरौं न, किन उहाँको मात्रै,’ उनले भने।

प्रहरी प्रमुखबारे लिङदेनको भनाइ जस्ताको त्यस्तै–

अहिलेको प्रहरी प्रमुखमाथि पनि छानबिन हुनुपर्छ । सत्ताको कुन प्रकारको दुरुपयोग हो भन्ने कुराको नमुना पनि हो यो ।

उनलाई छानबिन भन्दा पनि एकचोटि सोध्नुपर्‍यो। यही प्रहरी प्रमुखले रवि लामिछाने गृहमन्त्री हुँदाखेरि राज्यव्यवस्था समितिमा आएर उहाँमाथि सहकारीसम्बन्धी कुनै मुद्दा र उजुरी छैन भनेर भन्नुभएको होइन ?

त्यही प्रहरी प्रमुख अन्तरगतको प्रहरीले अहिले रवि लामिछानेलाई मुद्दा चलायो । कुन चाहिँ कुरा सत्य हो त ? यो भनेको हाम्रो राज्यव्यवस्था कसरी चलिराखेको छ भन्ने कुराको एउटा नमूना हो ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ६ : ०९ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको